नीलकण्ठ ६ र ७ मा काँग्रेसका उम्मेद्वार धमलाको घरदैलो, भैरवी मन्दिर केन्द्रित पर्यटन योजना अघि बढाउने प्रतिवद्धता

शुक्रबार, फाल्गुण ८, २०८२

theme

प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को लागि धादिङ क्षेत्र न। २ मा नेपाली कांग्रेसका उम्मेदवार रमेश धमलाले विहीबार नीलकण्ठ नगरपालिकाको वडा न ६ र ७ मा घरदैलो तथा कोणसभा कार्यक्रम गर्नुभएको छ ।

 


 

विहीबार प्रजातन्त्र दिवस समेत रहेकाले लोकतन्त्र र प्रजातन्त्र प्राप्तिको लागि विभिन्न कालखण्डमा भएका आन्दोलनमा शहादत प्राप्त गरेका शहीदहरुप्रति सम्झना गर्दै विहाबारको घरदैलो कार्यक्रम सुरु गुर्नभएको थियो । 
साविकको सुनौलोबजार गाविस समेत रहेको वडा नं ६ र ७ का भोर्ले, नवलपुर, जल्किनी, कुसुण्डे, पिपलछाप, तारुखर्क लगायतका स्थानमा कोणसभा गर्दै नेपाली काँग्रेसलाई भोट दिन आग्रह गर्नुभएको हो । कोणसभालाई सम्वोधन गर्ने क्रममा नेता धमलाले काँग्रेस बदलियएर देश र जनताको लागि काम गर्ने सोच विचार गरी नयाँ भिजनका साथ आएका अव जनताको साथ आवश्यक रहेको बताउनुभयो । घरदैलो कार्यक्रममा गाउँमा भेटिएका जेष्ठ नागरिकदेखि युवाहरुले रमेश धमलाको उम्मेद्वारीले धादिङ काँग्रेसमा पनि उत्साह पलाएको र अव पार्टीले काम गरेर देखाउने अवसर आएको बताउनुभएको छ ।
आफु पनि लामो समय पर्यटन उद्योग ब्यवसायमा काम गरेर राजिनितीमा आएको बताउदै धमलाले गाउँका युवालाई सकेसम्म गाउँमै र गाउँमा नसकेपनि देशमै बस्ने बातावरण बनाउनको लागि अवको काँग्रेसले काम गर्ने बताउनुभयो ।

 


 

सुनौलाबजारको भैरवी मन्दिर पर्यटकिय क्षेत्रको रुपमा उदाउदै गरेकाले पिपलछाप तारुखर्क कुसुण्डे लगायतका गाउँहरुमा होमस्टे प्रवद्र्धन गर्न सकेको खण्डमा भैरवी मन्दिर घुम्न आउने पर्यटकलाई एक रात गाउँमै राख्ने योजना आफुले अघि सार्ने बताउनुभयो । वडा नं ६ र ७ का विभिन्न टोलबस्तीहरुमा पुग्नुभएको धमलाले स्थानीयहरुसंग साक्षात्कार गर्दै गाउँटोलको समस्या र गुनासोहरु पनि संकलन गर्नुभएको छ । दैनिक घरदैलोमा रहनुभएका नेता धमलाई सुन्न बुझ्न र प्रश्न गर्न पनि नेपाली काँग्रेस निर्वाचन प्रचार प्रसार समितिले अनुरोध गरेको छ । नेपाली काँग्रेसले विहीबार मात्रै २०८२ को निर्वाचन पछि गर्ने कामहरुको प्रतीज्ञापत्र सार्वजनिक गरेकाले उक्त प्रतीज्ञा पत्र अध्ययन गरेर प्रश्न गर्न पनि आग्रह गरेको छ । 


शुक्रवार धमलाले नीलकण्ठ नगरपालिकाको वडा नं ८ र ९ (साविकको मुरलीभन्ज्याङ गाविस) घरदैलो तथा कार्यकर्ता भेटघाट गर्ने कार्यक्रम रहेको छ ।  त्यस्तै यो निर्वाचन क्षेत्रकै सवैभन्दा धेरै मतदाता रहेको नीलकण्ठ नगरपालिका वडा नं ३ मा पनि घरदैलो कार्यक्रम गर्ने रहेको क्षेत्र नं २ को निर्वाचन प्रचार प्रसार समितिका संयोजक नवराज तिमल्सिनाले जानकारी दिनुभयो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

अनि यो पनि

  • थप पढ्नुहोस् :
  • गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।

    यसमा प्रकाशित कुनै पनि सामग्रीहरु पुन:प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहोला।

    गुरास मिडिया हाउसद्वारा संचालित

    ओखर न्यूज डट कम, OkharNews.com

    कार्यालय: नीलकण्ठ न.पा.-३, धादिङबेशी, धादिङ

    Email: [email protected]

    सम्पर्क फोन: ९८५१२३६३८६, ९८४८५६५६५४

    सञ्‍चार रजिष्ट्ररको कार्यालय

    प्रेस काउन्सिल द.नं. - ४७२१/०८१-०८२

    सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं. - ००२८०/०८१-०८२

    अध्यक्ष तथा प्रबन्ध निर्देशक – सन्तोष श्रेष्ठ

    सम्पादक – अस्मिता कडवाल

    व्यवस्थापक – शारदा अधिकारी

    फोटो / सम्पादन – भिषण श्रेष्ठ