पोखराबाट काठमाडौँतर्फ आउँदै गरेको यात्रुवाहक बस धादिङमा दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन् ।

आज बिहान करिब १ः३० बजे ग १ ख १४२१ नम्बरको माछापुच्छ्रे ट्राभल्सको बस धादिङको बेनिघाट रोराङ गाउँपालिका–५ भैँसीगौडास्थित पृथ्वी लोकमार्गबाट त्रिशूली नदीमा खसेको हो । दुर्घटनामा हालसम्म १७ जनाको शव निकालिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक सुमित खड्काले जानकारी दिनुभएको छ । दुर्घटनामा ११ जना पुरुष र छ जना महिलाको घटनास्थमै मृत्यु भएको हो । घाइते २८ जनालाई उद्धार गरी विभिन्न अस्पतालमा उपचारका लागि पठाइएको छ । र एकजना च्यापिएको अवस्थामा फेला परेको र घाइते २८ जनाको सनाखत भएको छ । मृतकको सनाखत हुन बाँकी छ । यस्तो छ सूची :

शव अहिले दुर्घटनास्थलभन्दा बाहिर निकालिएको छ भने घाइतेलाई उद्धार गरेर अस्पताल पठाएका छौँ । अवस्था हेरर विभिन्न अस्पताल पठाउने काम भइरहेको छ, धादिङका सहायक प्रमुख जिल्ला अधिकारी मोहनप्रसाद निरौलाले भने, घाइते अधिकांशको अवस्था गम्भीर देखिन्छ ।

प्रहरीका अनुसार बसमा कुल ४५ जना यात्रु सवार थिए । तीमध्ये ४३ जना पोखराबाट चढेका थिए भने २ जना मुग्लिनबाट चढेका थिए । घटनास्थलमा तीन वटै सुरक्षा निकायको समन्वयमा उद्धारको काम भइरहेको छ ।
गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।
पुन:प्रकाशन अघि अनुमति लिनुहोला।
सूचना
प्रेस काउन्सिल द.नं. - ४७२१
अध्यक्ष – सन्तोष श्रेष्ठ
सम्पादक – अस्मिता कडवाल