दियो पोस्टको समाचारप्रति मेरो खण्डन, भ्रम नफैलाउन आग्रह

शनिबार, फाल्गुण १६, २०८२

theme

दियो पोस्टमा प्रकाशित समाचारप्रति आफ्नो गम्भीर आपत्ति जनाउँदै समाचारमा उल्लेख गरिएको लेनदेन सम्बन्धी विषयमा आफूलाई कुनै पनि पक्षबाट सोधपुछ नगरिएको स्पष्ट पार्नुभयो ।

 

 

देव श्रेष्ठका अनुसार विगतमा रोबर्ट धमलासँग रहेको लेनदेन कारोबार पूर्ण रूपमा मिलिसकेको छ र हाल कुनै बाँकी विषय नरहेको बताउनुभयो। “मेरो नाम जोडेर अपूर्ण र एकतर्फी ढंगले समाचार प्रकाशित गर्नु दुःखद् छ,” उहाँले भन्नुभयो । साथै, छोरासँगको व्यक्तिगत कारोबारलाई जोडेर रमेश धमलाप्रति भ्रम फैलाउने प्रयास नगर्न आग्रह गर्नुभएको छ। उहाँले रमेश धमला धादिङ क्षेत्र नम्बर २ का प्रतिनिधिसभा उम्मेदवार रहेको उल्लेख गर्दै पारिवारिक वा व्यक्तिगत विषयलाई राजनीतिक प्रसङ्गसँग जोड्नु उपयुक्त नहुने धारणा व्यक्त गर्नुभयो ।

 

 

 

श्रेष्ठले सञ्चारमाध्यमहरूलाई समाचार प्रकाशन अघि सम्बन्धित पक्षसँग सत्य–तथ्य बुझेर मात्र सामग्री सार्वजनिक गर्न आग्रह गर्नुभएको छ ।  साथै, यस्ता भ्रामक सामग्रीले व्यक्तिगत प्रतिष्ठामात्र होइन, समग्र राजनीतिक वातावरणमा पनि नकारात्मक असर पार्ने बताउनुभयो ।

 

 

उहाँले सत्य तथ्य बाहिर ल्याउन र भ्रमको अन्त्य गर्न सबै पक्षलाई जिम्मेवार बन्न आग्रह गर्नुभएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

अनि यो पनि

  • थप पढ्नुहोस् :
  • गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।

    पुन:प्रकाशन अघि अनुमति लिनुहोला।

    गुरास मिडिया हाउस

    ओखर न्यूज डट कम

    धादिङबेशी, धादिङ

    Email: [email protected]

    फोन: ९८४१६५६५४४

    सूचना

    प्रेस काउन्सिल नेपाल द.नं. ४७२१-२०८१/०८२

    सञ्चार रजिष्ट्रार द.नं. ००२७०/२०८१/०८२

    अध्यक्ष – सन्तोष श्रेष्ठ

    सम्पादक – अस्मिता कडवाल