अब ग्यासको भाउ प्रतिसिलिन्डर १ हजार ९ सय १० रुपैयाँ बाट बढेर १ हजार ९ सय २२ रुपैयाँ ७५ पैसा पुगे

मंगलबार, फाल्गुण २०, २०८१

theme

ग्यासको भाउ सिलिन्डरमा १२ रुपैयाँ ७५ पैसा बढाउने सहमति भएको छ,सरकार र सङ्घबीच पाँच बुँदे सहमति भएको छ ।यो सँगै उद्योगीले आन्दोलन फिर्ता लिएका छन् ।

सहमतिसँगै अब ग्यासको भाउ प्रतिसिलिन्डर १ हजार ९ सय १० रुपैयाँबाट बढेर १ हजार ९ सय २२ रुपैयाँ ७५ पैसा पुगेको छ।

सिंहदरबारमा रहेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा आज भएको सरकार र नेपाल एलपी ग्यास उद्योग सङ्घबीच ग्यासको भाउ १२ रुपैयाँ ७५ पैसा बढाउने सहमति भएको हो।

ग्यास उद्योगको बाह्य ढुवानी भाडा, आन्तरिक ढुवानी भाडा, सञ्चालन तथा प्रशासनिक खर्च रकममा समायोजन गरी साविकको खर्चमा प्रतिसिलिन्डर १२ रुपैयाँ ७५ पैसाले वृद्धि गरेको सहमतिको १ नम्बर बुँदामा भनिएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

अनि यो पनि

  • थप पढ्नुहोस् :
  • गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।

    पुन:प्रकाशन अघि अनुमति लिनुहोला।

    गुरास मिडिया हाउस

    ओखर न्यूज डट कम

    धादिङबेशी, धादिङ

    Email: [email protected]

    फोन: ९८४१६५६५४४

    सूचना

    प्रेस काउन्सिल द.नं. - ४७२१

    अध्यक्ष – सन्तोष श्रेष्ठ

    सम्पादक – अस्मिता कडवाल