धादिङ कारागारमा ६८ जना पुरुष र ३ जना महिला कैदीबन्दीले गरे मतदान

बिहीबार, फाल्गुण २१, २०८२

theme

कारागार कार्यालय धादिङमा स्थापना गरिएको अस्थायी मतदान केन्द्रमार्फत कैदीबन्दी तथा कर्मचारीहरूले आफ्नो मताधिकार प्रयोग गरेका छन् ।

 

 

धादिङ कारागारमा हाल २ सयभन्दा बढी कैदीबन्दी रहेका छन् । उनीहरूलाई मतदानको अधिकार सुनिश्चित गर्न कारागार परिसरमै अस्थायी मतदान केन्द्र स्थापना गरिएको थियो । उक्त केन्द्रबाट कुल ९६ जनाले मतदान गरेका छन् भने सिफारिस प्रक्रियामा भएको त्रुटिका कारण केही कैदीबन्दी र कर्मचारी मतदानबाट वञ्चित भएका छन् । मतदान अधिकृत टेकप्रसाद कँडुवालका अनुसार कारागारभित्र रहेका कैदीबन्दीमध्ये ७१ जनाले मतदान गरेका छन्, जसमध्ये ६८ जना पुरुष र ३ जना महिला रहेका छन् । यद्यपि मतदाता नामावली सिफारिस प्रक्रियामा नाम छुटेका कारण ५ जना कैदीबन्दी मतदान गर्नबाट वञ्चित भएका छन् ।

 

 

मतदाता परिचयपत्र र मतदाता नामावलीमा नाम भए पनि सिफारिस सूचीमा समावेश नभएपछि उनीहरूले मतदान गर्न नपाएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । उनीहरूका अनुसार आवश्यक कागजात हुँदाहुँदै पनि प्रशासनिक प्रक्रियाको त्रुटिका कारण मतदान गर्ने अवसर गुमाउनुपरेको हो ।

 

 

उक्त केन्द्रमा कैदीबन्दीका अतिरिक्त प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदी सहित २५ जना कर्मचारीले पनि मतदान गरेका छन् । यससँगै कारागार परिसरभित्र कुल ९६ मत खसेको मतदान अधिकृत कँडुवालले जानकारी दिनुभयो ।

 

 

तर कर्मचारीतर्फ पनि सिफारिस प्रक्रियामा केही त्रुटि देखिएको छ । जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक सुमित खड्कासहित केही कर्मचारीले नाम छुटेका कारण मतदान गर्न नपाएको गुनासो गरेका छन् । मतदानका लागि कारागार पुगेका उनीहरू अन्ततः मताधिकार प्रयोग गर्न नपाएपछि निराश बनेका थिए ।

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

अनि यो पनि

  • थप पढ्नुहोस् :
  • गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।

    यसमा प्रकाशित कुनै पनि सामग्रीहरु पुन:प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहोला।

    गुरास मिडिया हाउसद्वारा संचालित

    ओखर न्यूज डट कम, OkharNews.com

    कार्यालय: नीलकण्ठ न.पा.-३, धादिङबेशी, धादिङ

    Email: [email protected]

    सम्पर्क फोन: ९८५१२३६३८६, ९८४८५६५६५४

    सञ्‍चार रजिष्ट्ररको कार्यालय

    प्रेस काउन्सिल द.नं. - ४७२१/०८१-०८२

    सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं. - ००२८०/०८१-०८२

    अध्यक्ष तथा प्रबन्ध निर्देशक – सन्तोष श्रेष्ठ

    सम्पादक – अस्मिता कडवाल

    व्यवस्थापक – शारदा अधिकारी

    फोटो / सम्पादन – भिषण श्रेष्ठ