धादिङमा ठूलो संख्यामा मत बदर, १२ हजार २ सय मत खेर

शुक्रबार, फाल्गुण २९, २०८२

theme

प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत धादिङ जिल्लामा १२ हजार २ सय मत बदर भएको तथ्यांक सार्वजनिक भएको छ ।

 

 

जिल्ला निर्वाचन कार्यालय धादिङका अनुसार प्रत्यक्ष तथा समानुपातिक दुवै प्रणालीतर्फ ठूलो संख्यामा मत बदर भएको हो । जिल्लामा प्रत्यक्षतर्फ क्षेत्र नम्बर १ मा ३ हजार १ सय ५२ मत र क्षेत्र नम्बर २ मा ३ हजार ८ सय ५० मत बदर भएको छ ।  त्यसैगरी समानुपातिकतर्फ क्षेत्र नम्बर १ मा २ हजार ३ सय ५५ र क्षेत्र नम्बर २ मा २ हजार ८ सय २० मत बदर भएको तथ्यांकले देखाएको छ ।  यी सबै जोड्दा जिल्लाभर १२ हजार २ सय मत बदर भएको हो ।

 

 

धादिङ जिल्लामा यस पटक प्रतिनिधिसभा सदस्य निर्वाचनमा ५७ दशमलव २६ प्रतिशत मत खसेको थियो ।  मतपत्रमा एकभन्दा बढी चिन्ह लगाउने, गलत स्थानमा छाप लगाउने तथा मत हाल्ने तरिका नबुझ्ने जस्ता कारणले धेरै मत बदर भएको देखिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

 

 

तथ्यांकअनुसार धादिङ क्षेत्र नम्बर १ मा १ लाख ४६ हजार २ सय ४८ मतदाता रहेकोमा ५४ हजार २ सय ७३ मत खसेको थियो। तीमध्ये ५ हजार ३ सय ५७ मत बदर भएका छन् ।  त्यस्तै क्षेत्र नम्बर २ मा १ लाख ४५ हजार २ सय ५७ मतदाता रहेकोमा ६३ हजार ८ सय ७० मत खसेको थियो । त्यसमध्ये ६ हजार ८ सय ५० मत बदर भएको छ ।  क्षेत्र नम्बर १ अन्तर्गत प्रत्यक्षतर्फ १ लाख ३४ हजार ६६८ मतदाता रहेका थिए । तीमध्ये ५४ हजार १६ मत खसेको थियो भने ५० हजार ५४९ मत सदर भएको छ ।  समानुपातिकतर्फ १ लाख ३४ हजार ६६८ मतदातामध्ये ५४ हजार २ सय ७ मत खसेको थियो, जसमध्ये ५२ हजार ४८७ मत सदर भएको निर्वाचन कार्यालयले जनाएको छ ।

 

 

त्यसैगरी क्षेत्र नम्बर २ अन्तर्गत प्रत्यक्षतर्फ १ लाख २८ हजार ४४४ मतदाता रहेका थिए ।  तीमध्ये ७३ हजार ६ सय ९१ मत खसेको थियो भने ६६ हजार ५४१ मत सदर भएको छ। समानुपातिकतर्फ १ लाख ४१ हजार ४२२ मतदाता रहेकोमा ७४ हजार २ सय ४७ मत खसेको थियो, जसमध्ये ७१ हजार ७६७ मत सदर भएको छ ।

 

 

निर्वाचनलाई व्यवस्थित बनाउन जिल्ला निर्वाचन कार्यालय धादिङले स्वयंसेवक परिचालन गरी मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरेको भए पनि अपेक्षित रूपमा मत बदर घट्न नसकेको जनाइएको छ ।

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

अनि यो पनि

  • थप पढ्नुहोस् :
  • गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।

    यसमा प्रकाशित कुनै पनि सामग्रीहरु पुन:प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहोला।

    गुरास मिडिया हाउसद्वारा संचालित

    ओखर न्यूज डट कम, OkharNews.com

    कार्यालय: नीलकण्ठ न.पा.-३, धादिङबेशी, धादिङ

    Email: [email protected]

    सम्पर्क फोन: ९८५१२३६३८६, ९८४८५६५६५४

    सञ्‍चार रजिष्ट्ररको कार्यालय

    प्रेस काउन्सिल द.नं. - ४७२१/०८१-०८२

    सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं. - ००२८०/०८१-०८२

    अध्यक्ष तथा प्रबन्ध निर्देशक – सन्तोष श्रेष्ठ

    सम्पादक – अस्मिता कडवाल

    व्यवस्थापक – शारदा अधिकारी

    फोटो / सम्पादन – भिषण श्रेष्ठ