धादिङमा निर्वाचन सफल बनाउन खटिएका २ हजार भन्दा बढी निर्वाचन प्रहरीको बिदाइ

शुक्रबार, फाल्गुण २९, २०८२

theme

प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ लाई सभ्य, शान्त, निष्पक्ष तथा भयमुक्त वातावरणमा सम्पन्न गराउन खटिएका निर्वाचन प्रहरीहरूको धादिङमा औपचारिक रूपमा बिदाइ गरिएको छ ।

 

 

जिल्लामा निर्वाचन सुरक्षामा खटिएका नेपाल प्रहरीतर्फ २ हजार २५ जना र सशस्त्र प्रहरीतर्फ ७९ जना गरी कुल २ हजार १०४ जना निर्वाचन प्रहरीलाई प्रमाणपत्र प्रदान गरिएको हो । ४० दिनको कार्यअवधि पूरा गरेपछि बिहीबार (२०८२ फागुन २८ गते) एक विशेष कार्यक्रमका बीच उनीहरूलाई प्रमाणपत्र प्रदान गर्दै बिदाइ गरिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

 

 

प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा बोल्दै प्रतिनिधि सभा सदस्य निर्वाचनको अवधिभर जिल्लाका विभिन्न स्थानमा परिचालित निर्वाचन प्रहरीहरूले मतदान केन्द्रको सुरक्षा, व्यवस्थापन तथा समन्वयमा सक्रिय भूमिका निर्वाह गरेका र निर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गराउन उनीहरूको भूमिका महत्वपूर्ण हुने उल्लेख गरे ।

 

 

बिदाइ कार्यक्रममा जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख तथा प्रहरी उपरीक्षक (एसपी) सुमित खड्काले निर्वाचनका क्रममा देशभर खटाइएका निर्वाचन प्रहरीलाई एकै दिन बिदाइ गर्ने निर्देशनअनुसार धादिङमा पनि तालिम प्राप्त निर्वाचन प्रहरीलाई टीका–अबिर लगाएर प्रमाणपत्र प्रदान गर्दै औपचारिक कार्यक्रममार्फत बिदाइ गरिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

अनि यो पनि

  • थप पढ्नुहोस् :
  • गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।

    यसमा प्रकाशित कुनै पनि सामग्रीहरु पुन:प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहोला।

    गुरास मिडिया हाउसद्वारा संचालित

    ओखर न्यूज डट कम, OkharNews.com

    कार्यालय: नीलकण्ठ न.पा.-३, धादिङबेशी, धादिङ

    Email: [email protected]

    सम्पर्क फोन: ९८५१२३६३८६, ९८४८५६५६५४

    सञ्‍चार रजिष्ट्ररको कार्यालय

    प्रेस काउन्सिल द.नं. - ४७२१/०८१-०८२

    सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं. - ००२८०/०८१-०८२

    अध्यक्ष तथा प्रबन्ध निर्देशक – सन्तोष श्रेष्ठ

    सम्पादक – अस्मिता कडवाल

    व्यवस्थापक – शारदा अधिकारी

    फोटो / सम्पादन – भिषण श्रेष्ठ