Gen-Z आन्दोलनमा फरार जबरजस्ती करणी मुद्दाका कैदी धादिङबाट पक्राउ

सोमबार, चैत्र २, २०८२

theme

Gen-Z आन्दोलनका क्रममा फरार भएका जबरजस्ती करणी मुद्दाका एक कैदी धादिङबाट पक्राउ परेका छन् ।

 

 

जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार उनलाई शुक्रबार धादिङको सिद्धलेक गाउँपालिका–१ नलाङ बैरेनीबाट पक्राउ गरिएको हो । विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले लुकिछिपी बसिरहेको अवस्थामा उनलाई नियन्त्रणमा लिएको जनाएको छ । कारागार कार्यालय जगन्नाथदेवाल, काठमाडौंमा जबरजस्ती करणी मुद्दामा ८ वर्ष कैद सजाय भुक्तान गरिरहेका धादिङको गजुरी गाउँपालिका–१ का २२ वर्षीय जगत बहादुर बुढाथोकीलाई प्रहरीले पुनः नियन्त्रणमा लिएको हो ।

 

 

पक्राउ परेका बुढाथोकीलाई बाँकी कैद सजाय भुक्तानका लागि पुनः कारागार कार्यालय जगन्नाथदेवाल, काठमाडौं पठाइएको र Gen-Z आन्दोलनका क्रममा विभिन्न कारागारबाट फरार भएका कैदीबन्दी तथा थुनुवाहरूको खोजी कार्य निरन्तर रूपमा भइरहेको यस क्रममा हालसम्म फरार रहेका १५० जना कैदीबन्दी तथा थुनुवालाई पक्राउ गरी सम्बन्धित कारागारहरूमा बुझाइसकिएको  जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायव उपरीक्षक प्रकाश दाहालले जानकारी दिनुभयो ।  

 

 

प्रहरीले फरार व्यक्तिहरूलाई कानुनको दायरामा ल्याउन देशका विभिन्न स्थानमा निगरानी र खोजी अभियानलाई तीव्रता दिएको जनाएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

अनि यो पनि

  • थप पढ्नुहोस् :
  • गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।

    पुन:प्रकाशन अघि अनुमति लिनुहोला।

    गुरास मिडिया हाउस

    ओखर न्यूज डट कम

    धादिङबेशी, धादिङ

    Email: [email protected]

    फोन: ९८४१६५६५४४

    सूचना

    प्रेस काउन्सिल द.नं. - ४७२१

    अध्यक्ष – सन्तोष श्रेष्ठ

    सम्पादक – अस्मिता कडवाल