अर्थ मन्त्रालयले स्वास्थ्य बीमाको भुक्तानीसहित स्वास्थ्यसँग सम्बन्धित विभिन्न कार्यक्रमका लागि झन्डै ४ अर्ब रुपैयाँ निकासा गरेको छ ।
निकासा भएको रकममा स्वास्थ्य बीमा बोर्डलाई ३ अर्ब, ज्येष्ठ नागरिकको उपचारलगायतका लागि ६० करोड र मुटुरोगका बिरामीलाई निःशुल्क उपचारका लागि शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रलाई २४ करोड रुपैयाँ रहेको अर्थ मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको मागका आधारमा उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ३ अर्ब ८४ करोड रुपैयाँ निकासासम्बन्धी निर्णय गर्नुभएको उहाँको सचिवालयले जनाएको छ ।
गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।
पुन:प्रकाशन अघि अनुमति लिनुहोला।
सूचना
प्रेस काउन्सिल द.नं. - ४७२१
अध्यक्ष – सन्तोष श्रेष्ठ
सम्पादक – अस्मिता कडवाल