आज र भोलि देशभर मौसम खराब, यात्रा नगर्न सुझाव

शुक्रबार, चैत्र ६, २०८२

theme

आज र भोलि देशका विभिन्न स्थानमा ठूलो वर्षा, हिमपात तथा तीव्र हावाहुरीको सम्भावना रहेकाले सतर्क रहन मौसमविद्हरूले आग्रह गरेका छन् ।

 

 

प्रि–मनसुनको समय भएकाले दिउँसोपछि देशका अधिकांश स्थानमा अचानक हावाहुरी चल्न सक्ने भन्दै महाशाखाले भोलिसम्म विराटनगर, धनकुटा र धरान आसपासका क्षेत्रमा अधिकतम ११९ किलोमिटर प्रतिघण्टासम्मको तीव्र हुरी चल्न सक्ने जनाएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा भारी वर्षा र हिमपातको सम्भावना रहेको छ । त्यस्तै दाङ, नेपालगञ्ज लगायत लुम्बिनी प्रदेशका तराई क्षेत्रमा तीव्र गतिमा हुरी चल्ने अनुमान गरिएको छ ।

 

 

प्राधिकरणले प्रभावित क्षेत्रका बासिन्दा तथा यात्रुलाई अनावश्यक यात्रा नगर्न, हावाहुरीका बेला घरभित्रै सुरक्षित बस्न र सवारी साधन नचलाउन अनुरोध गरेको छ । साथै ग्यास तथा विद्युत् उपकरण प्रयोगमा विशेष सावधानी अपनाउन र कमजोर संरचना तथा विद्युत् तारबाट टाढा रहनसमेत आग्रह गरिएको छ ।हावाहुरीका कारण रुख ढल्ने, कमजोर संरचना भत्किने तथा विद्युत् र सञ्चार सेवा प्रभावित हुने जोखिम रहेकाले सावधानी अपनाउन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आग्रह गरेको छ ।

 

 

यसैबीच कोशी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा गएरातिदेखि नै हल्का वर्षा भइरहेको छ। धेरै स्थानमा मेघगर्जन, चट्याङ र असिनासहित वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

अनि यो पनि

  • थप पढ्नुहोस् :
  • गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।

    यसमा प्रकाशित कुनै पनि सामग्रीहरु पुन:प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहोला।

    गुरास मिडिया हाउसद्वारा संचालित

    ओखर न्यूज डट कम, OkharNews.com

    कार्यालय: नीलकण्ठ न.पा.-३, धादिङबेशी, धादिङ

    Email: [email protected]

    सम्पर्क फोन: ९८५१२३६३८६, ९८४८५६५६५४

    सञ्‍चार रजिष्ट्ररको कार्यालय

    प्रेस काउन्सिल द.नं. - ४७२१/०८१-०८२

    सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं. - ००२८०/०८१-०८२

    अध्यक्ष तथा प्रबन्ध निर्देशक – सन्तोष श्रेष्ठ

    सम्पादक – अस्मिता कडवाल

    व्यवस्थापक – शारदा अधिकारी

    फोटो / सम्पादन – भिषण श्रेष्ठ