नीलकण्ठ नगरपालिका स्तरिय कक्षा ८ को परीक्षा यही चैत ९ गतेदेखि सञ्चालन हुने भएको छ ।

परीक्षामा यस वर्ष नगरपालिका भित्रका ३७ विद्यालयबाट कुल १ हजार २०७ विद्यार्थी सहभागी हुनेछन् । नगरपालिकाको शिक्षा शाखाका अनुसार सहभागी विद्यालयमध्ये ३१ वटा सामुदायिक विद्यालय रहेका छन्, जहाँबाट ९३७ जना विद्यार्थी परीक्षामा सहभागी हुँदैछन् । सामुदायिक विद्यालयतर्फ सबैभन्दा धेरै विद्यार्थी नीलकण्ठ बालमन्दिरबाट २८१ जना सहभागी हुनेछन् भने सबैभन्दा कम विद्यार्थी शंखादेवी माध्यमिक विद्यालयबाट ७ जना मात्रै सहभागी हुनेछन् । त्यस्तै, संस्थागत (निजी) विद्यालयतर्फ ६ वटा विद्यालयबाट २७० जना विद्यार्थी परीक्षामा सहभागी हुने जनाइएको छ । यस समूहअन्तर्गत चिल्ड्रेन पार्क बोर्डिङ र एड्भान्स एकेडेमी लगायतका विद्यालयका विद्यार्थीहरू परीक्षामा सहभागी हुनेछन् ।

नगरपालिकाले परीक्षा निष्पक्ष, मर्यादित र व्यवस्थित रूपमा सञ्चालन गर्न आवश्यक सम्पूर्ण तयारी पूरा भएको छ । परीक्षा केन्द्र व्यवस्थापन, अनुगमन टोली परिचालन तथा प्रश्नपत्र सुरक्षालाई विशेष प्राथमिकता दिइएको र परीक्षालाई सफल बनाउन विद्यालय, अभिभावक तथा सरोकारवाला निकायसँग समन्वय गरिएको छ । विद्यार्थीलाई निर्धक्क भएर परीक्षा दिन हुन आग्रह गर्दै नीलकण्ठका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख प्रकाश भट्टले जानकारी दिनुभयो ।

गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।
पुन:प्रकाशन अघि अनुमति लिनुहोला।
सूचना
प्रेस काउन्सिल द.नं. - ४७२१
अध्यक्ष – सन्तोष श्रेष्ठ
सम्पादक – अस्मिता कडवाल