नेपाली कांग्रेसको १५औं महाधिवेशन कार्यतालिका संशोधन, वडा अधिवेशन भदौ २ बाट सुरु

बुधबार, चैत्र ११, २०८२

theme

नेपाली कांग्रेसले १५औं महाधिवेशनअन्तर्गतको कार्यतालिका संशोधन गर्दै वडा अधिवेशन भदौ २ गतेबाट सुरु गर्ने निर्णय गरेको छ। पार्टीको आज बसेको केन्द्रीय समिति बैठकले यसअघिको कार्यतालिकामा परिवर्तन गर्दै नयाँ मिति निर्धारण गरेको हो ।

 

 

यस अघि साउन ६ गतेबाट वडा अधिवेशन सुरु गर्ने कार्यतालिका तय गरिएको भए पनि संशोधन गर्दै भदौ २ गतेका लागि सारिएको हो । संशोधित कार्यतालिका अनुसार गाउँ तथा नगर वडा अधिवेशन २०८३ भदौ २ गतेबाट सुरु हुनेछ भने गाउँ–नगर अधिवेशन भदौ ७ गते हुने तय गरिएको छ । यस्तै, प्रदेश सभा क्षेत्रीय अधिवेशन भदौ १७ गते र प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन भदौ २४ गते गर्ने निर्णय गरिएको छ। एकभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लाहरूमा जिल्ला अधिवेशन असोज २ र ३ गते सञ्चालन गरिनेछ ।

 

 

त्यसैगरी, प्रदेश अधिवेशन असोज ७ र ८ गते गर्ने नयाँ मिति तय गरिएको छ, जुन यसअघि भदौ १५ र १६ गतेका लागि प्रस्ताव गरिएको थियो । केन्द्रीय महाधिवेशन भने आगामी असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा आयोजना गरिनेछ। यसअघि भदौ २४ देखि २६ गतेसम्म महाधिवेशन गर्ने प्रस्ताव गरिएको थियो, तर संशोधन गर्दै पछि सारिएको हो ।

 

 

पार्टीका एक केन्द्रीय सदस्यका अनुसार गाउँ–नगर अधिवेशन समेत साउन १२ गतेबाट सारेर भदौ ७ गते पुर्‍याइएको छ। त्यसैगरी, साउन २३ गते प्रस्ताव गरिएको प्रदेश सभा क्षेत्रीय अधिवेशनलाई पनि परिवर्तन गरी भदौ १७ गतेका लागि तय गरिएको छ । यस्तै, साउन ३० गतेका लागि तय गरिएको क्षेत्रीय अधिवेशन तथा एकमात्र निर्वाचन क्षेत्र भएको जिल्लाको अधिवेशन पनि सारेर भदौ २४ गते गर्ने निर्णय गरिएको छ ।

 

 

कार्यतालिका संशोधनसँगै पार्टीले संगठन सुदृढीकरण, सदस्यता व्यवस्थापन तथा तयारीका कामलाई थप व्यवस्थित बनाउन समय आवश्यक परेको निष्कर्ष निकालेको बताइएको छ । कांग्रेसले महाधिवेशनलाई सफल बनाउन सबै तहका नेता–कार्यकर्तालाई सक्रिय रूपमा परिचालन गर्ने तयारीसमेत अघि बढाएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

अनि यो पनि

  • थप पढ्नुहोस् :
  • गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।

    यसमा प्रकाशित कुनै पनि सामग्रीहरु पुन:प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहोला।

    गुरास मिडिया हाउसद्वारा संचालित

    ओखर न्यूज डट कम, OkharNews.com

    कार्यालय: नीलकण्ठ न.पा.-३, धादिङबेशी, धादिङ

    Email: [email protected]

    सम्पर्क फोन: ९८५१२३६३८६, ९८४८५६५६५४

    सञ्‍चार रजिष्ट्ररको कार्यालय

    प्रेस काउन्सिल द.नं. - ४७२१/०८१-०८२

    सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं. - ००२८०/०८१-०८२

    अध्यक्ष तथा प्रबन्ध निर्देशक – सन्तोष श्रेष्ठ

    सम्पादक – अस्मिता कडवाल

    व्यवस्थापक – शारदा अधिकारी

    फोटो / सम्पादन – भिषण श्रेष्ठ