एमाले अध्यक्ष केपी शर्मा ओलीको पक्राउको विरोधमा नेकपा एमालेले देशभर आफ्नो आन्दोलनलाई थप सशक्त बनाएको छ ।
सरकारले राजनीतिक प्रतिशोधका आधारमा अध्यक्ष ओलीलाई पक्राउ गरेको आरोप लगाउँदै एमाले कार्यकर्ताहरू सडकमा उत्रिएका छन्। यसै क्रममा आज धादिङ लगायत देशका सबै ७७ वटै जिल्ला प्रशासन कार्यालयमार्फत सरकारलाई ज्ञापनपत्र बुझाइएको छ । एमालेले यस कदमलाई लोकतन्त्रमाथिको प्रहार र विपक्षी दललाई दबाउने षड्यन्त्रको रूपमा व्याख्या गर्दै ओलीको तत्काल रिहाइको माग गरेको छ ।













गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।
पुन:प्रकाशन अघि अनुमति लिनुहोला।
सूचना
प्रेस काउन्सिल द.नं. - ४७२१
अध्यक्ष – सन्तोष श्रेष्ठ
सम्पादक – अस्मिता कडवाल