भदौ २४ को जेन-जी आन्दोलनका क्रममा भएको तोडफोड र आगजनी घटनामा संलग्न भएको आरोपमा चितवन प्रहरीले हालसम्म ५३ जनालाई पक्राउ गरेको छ ।

पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदनमा जेन–जी पुस्ताले सुरु गरेको आन्दोलनमा चितवनका प्रमुख राजनीतिक दलका कार्यकर्ताहरू नै तोडफोड र आगजनीमा प्रत्यक्ष संलग्न रहेको उल्लेख गरिएको छ । जिल्ला प्रहरी प्रमुख एसपी गोविन्द पुरीका अनुसार आगजनी र तोडफोडसम्बन्धी ८४ वटा जाहेरी दर्ता भएका तीमध्ये ६२ वटा सरकारी कार्यालय, ९ वटा राजनीतिक दल तथा सञ्चार संस्था, ३ वटा व्यवसाय र १० जना व्यक्तिबाट जाहेरी परेको हो । ८४ मुद्दाबाट ९३ जना पहिचान भएकोमा ५३ जनालाई नियन्त्रणमा लिएर मुद्दा चलाएका छौं,४१ जना धरौटीमा छुटे,७४ वटा आपराधिक उपद्रव, ७ वटा अभद्र व्यवहार, २ वटा चोरी र १ वटा लागुऔषधसम्बन्धी मुद्दा दर्ता भएका र अन्यको खोजी भइरहेको छ ।

चितवनका प्रमुख जिल्ला अधिकारी गणेश कार्कीका अनुसार आन्दोलनका क्रममा ५३ वटा सरकारी कार्यालय तथा ७४ वटा पालिका र वडा कार्यालयका भवनहरूमा तोडफोड र आगजनी भएको छ । साथै, ६ वटा राजनीतिक दलका कार्यालय, ५१ वटा निजी भवन, १ सञ्चार संस्था, ८६ वटा चारपाङ्ग्रे र १०६ वटा दुईपाङ्ग्रे सवारी साधनमा क्षति पुगेको क्षति मूल्याङ्कन समितिको प्रतिवेदनअनुसार १ अर्ब ६१ करोड ८४ लाख २१ हजार ८४० रुपैयाँ बराबरको भौतिक सम्पत्ति नष्ट भएको छ। यसमा पूर्णरूपमा क्षति पुगेको भाटभाटेनी सुपरमार्केटको विवरण समावेश छैन । भाटभाटेनीले मात्रै ६९ करोड ८४ लाख ३० हजार १९२ रुपैयाँ बराबरको क्षति भएको दाबी गर्दै प्रहरीमा जाहेरी दिएको छ ।

आगजनीका क्रममा भवनभित्र सामान लिन छिरेका एक भारतीय मूलका व्यक्तिसहित दुई जना प्रदर्शनकारीको जलेर मृत्यु भएको थियो ।
गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।
यसमा प्रकाशित कुनै पनि सामग्रीहरु पुन:प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहोला।
गुरास मिडिया हाउसद्वारा संचालित
ओखर न्यूज डट कम, OkharNews.com
कार्यालय: नीलकण्ठ न.पा.-३, धादिङबेशी, धादिङ
Email: [email protected]
सम्पर्क फोन: ९८५१२३६३८६, ९८४८५६५६५४
सञ्चार रजिष्ट्ररको कार्यालय
प्रेस काउन्सिल द.नं. - ४७२१/०८१-०८२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं. - ००२८०/०८१-०८२
अध्यक्ष तथा प्रबन्ध निर्देशक – सन्तोष श्रेष्ठ
सम्पादक – अस्मिता कडवाल
व्यवस्थापक – शारदा अधिकारी
फोटो / सम्पादन – भिषण श्रेष्ठ