धादिङमा शैक्षिक सत्र २०८२ का लागि पाठ्यपुस्तक बिक्री वितरण सुरु भएको छ ।

धादिङमा ४ सय ७६ सामुदायिक विद्यालय छन् । सामुदायिक विद्यालयहरूमा शैक्षिक सत्र सुरु भएको लामो समयसम्म पनि पाठ्यपुस्तक नआउने पुरानो समस्याको अन्त्य हुँदै नयाँ शैक्षिक सत्र सुरु नहुँदै धादिङमा पाठ्यपुस्तक भित्रिए छ । जिल्लामा ल्याइएको कक्षा एक देखि दश सम्मको सामुदायिक विद्यालयका पाठ्यपुस्तक मंगलबारबाट बिक्री वितरण सुरु भएको छ ।

केही वर्षअघिसम्म शैक्षिक सत्र सुरु भएको आधा वर्ष बित्दासमेत पुस्तक उपलब्ध नरहेको अवस्था र जिल्लामा स्टेसनरी व्यवसायीले सामूहिक लगानीमा बिक्री कक्ष सञ्चालन गरी संयुक्त रूपमा बिक्री गर्दै आएकोले आवश्यक सरकारी पाठ्यपुस्तक जिल्लामा ल्याइसकेका छौँ । विद्यार्थीको अनुमानित संख्याका आधारमा पुस्तक ल्याएको र अपुग भएर सम्बन्धित विद्यालयबाट माग भएमा थप पाठ्यपुस्तक समेत ल्याउने पुस्तक तथा स्टेशनरी ब्यावसायी संघ धादिङका संस्थापक अध्यक्ष नारायणकुमार श्रेष्ठले ओखर न्यूज डट कम लाई जानकारी दिनुभयो ।

०६८ देखि धादिङका पुस्तक व्यवसायीले सामूहिक रूपमा सरकारी विद्यालयका पाठ्यपुस्तक बिक्री गर्दै आएको र यो वर्ष महासंघमा आबद्ध जिल्लाका २२ जना व्यवसायीले करिब एक करोड लगानीमा विद्यार्थीका लागि पाठ्यपुस्तक आइपुगेका छन् । तर संघले एकद्वार प्रणालीमार्फत पुस्तक बिक्री तथा वितरण व्यवस्थापन थालेपछि अहिले शैक्षिक सत्रको पहिलो दिनमै विद्यार्थीलाई पुस्तक उपलब्ध गराउन सकिने भएको पुस्तक तथा स्टेशनरी ब्यावसायी संघ धादिङका तुलसीप्रसाद अधिकारीले बताउनुभयो ।

पुस्तक वितरणका लागि धादिङबेसी, धार्के, गजुरी र चरौँदीमा डिपो बाट वितरण सुरु गरिएको र हालसम्म कक्षा १ देखि १० सम्मका निःशुल्क वितरण गरिने करिब ४१ हजार सेट पुस्तक जिल्लामा आईपुगिसकेकाे छ ।
गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।
पुन:प्रकाशन अघि अनुमति लिनुहोला।
सूचना
प्रेस काउन्सिल द.नं. - ४७२१
अध्यक्ष – सन्तोष श्रेष्ठ
सम्पादक – अस्मिता कडवाल