उद्योग वाणिज्य महासंघ बागमतीको कोषाध्यक्षमा धादिङका रुद्रबहादुर खत्री १३२ मतले विजयी

मंगलबार, चैत्र २४, २०८२

theme

नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशको कोषाध्यक्ष पदमा धादिङ उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष रुद्रबहादुर खत्री विजयी भएका छन् ।

 

 

 

२०८२ साल चैत २३ र २४ गते हेटौंडामा सम्पन्न ६०औँ वार्षिक साधारणसभा तथा निर्वाचन–२०८२ अन्तर्गत भएको मतदानमा खत्रीले आफ्ना प्रतिस्पर्धी जीवनकाजी मकजु श्रेष्ठलाई पराजित गर्दै सफलता हात पारेका हुन् । निर्वाचन परिणामअनुसार बेदबहादुर श्रेष्ठ समूहबाट उम्मेदवार बनेका खत्रीले कुल १३२ मत प्राप्त गरेका थिए । उनका प्रतिद्वन्द्वी दुर्गाराज समूहबाट उम्मेदवार बनेका जीवनकाजी मकजु श्रेष्ठले ८२ मत प्राप्त गरे ।  

 

 

नवनिर्वाचित कोषाध्यक्ष खत्री धादिङ उद्योग वाणिज्य संघका पूर्व अध्यक्षका रूपमा काम गरिसकेका अनुभवी व्यवसायी हुन् । उनको नेतृत्वमा स्थानीय स्तरमा उद्योग तथा व्यापार प्रवर्द्धनका लागि विभिन्न पहलहरू भएका थिए । यस अनुभवका आधारमा उनले प्रदेश स्तरमा पनि प्रभावकारी वित्तीय व्यवस्थापन र संस्थागत सुदृढीकरणमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

 

 

उद्योग व्यवसायीहरूको साझा छाता संगठनको रूपमा रहेको नेपाल उद्योग वाणिज्य महासंघको प्रदेश समिति निजी क्षेत्रको आवाज उठाउने महत्वपूर्ण मञ्च मानिन्छ । त्यसैले यस निर्वाचनको नतिजाले प्रदेशको आर्थिक गतिविधि, उद्योग प्रवर्द्धन तथा व्यवसायिक वातावरण सुधारमा सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ । 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

अनि यो पनि

  • थप पढ्नुहोस् :
  • गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।

    पुन:प्रकाशन अघि अनुमति लिनुहोला।

    गुरास मिडिया हाउस

    ओखर न्यूज डट कम

    धादिङबेशी, धादिङ

    Email: [email protected]

    फोन: ९८४१६५६५४४

    सूचना

    प्रेस काउन्सिल द.नं. - ४७२१

    अध्यक्ष – सन्तोष श्रेष्ठ

    सम्पादक – अस्मिता कडवाल