आईसीसी विश्वकप लिग-२ को दुई खेल नेपालमा हुने

बुधबार, चैत्र २५, २०८२

theme

आईसीसी विश्वकप लिग-२ को खेल आगामी वैशाख हुने भएको छ ।

 

 

नेपाल क्रिकेट संघ क्यानले मंगलबार उक्त मिति घोषणा गरेको हो । कार्यतालिका अनुसार, नेपाल, ओमान र यूएईबीचको सिरिज गत २६ फागुनदेखि ६ चैतसम्म कीर्तिपुरमा हुनुपर्ने थियो । तर, क्यानले मध्यपूर्वी एसियाको तनावपूर्ण स्थितिलाई मध्यनजर गरी विश्वकप लिग–२ का खेल अर्को सूचना जारी नभएसम्म स्थगित गरिएको थियो  । 

 

 

नयाँ तालिकाअनुसार, स्थगित रहेको नेपाल यूएई र ओमान सम्मिलित खेल वैशाखमा हुनेछ । आगामी वैशाख १२ देखि २२ गते (अप्रिल २५ देखि मे ५) सम्म काठमाडौंमा हुने भएको छ । साथै वैशाख २९ गतेदेखि जेठ ८ गते (मे १२ देखि २२) सम्म अर्को खेल पनि तय गरिएको छ ।

 

 

पहिलो शृङ्खला सकिएलगत्तै अर्को साता नेपाल स्कटल्यान्ड र अमेरिका सम्मिलित लिग-२ को खेल हुनेछ । जसमा तालिकाअनुसार, नेपालले स्कटल्यान्डसँग वैशाख २९ मा, अमेरिकासँग जेठ २ गते खेल्नेछ भने जेठ ४ गते स्कटल्यान्ड र जेठ ८ गते अन्तिम खेल अमेरिकासँग खेल्नेछ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

अनि यो पनि

  • थप पढ्नुहोस् :
  • गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।

    पुन:प्रकाशन अघि अनुमति लिनुहोला।

    गुरास मिडिया हाउस

    ओखर न्यूज डट कम

    धादिङबेशी, धादिङ

    Email: [email protected]

    फोन: ९८४१६५६५४४

    सूचना

    प्रेस काउन्सिल द.नं. - ४७२१

    अध्यक्ष – सन्तोष श्रेष्ठ

    सम्पादक – अस्मिता कडवाल