धादिङमा पनि मनाइयो दशौँ स्वास्थ्य बीमा दिवस

बुधबार, चैत्र २५, २०८२

theme

यस वर्षको दशौँ स्वास्थ्य बीमा दिवसको नारा ‘राज्यको लगानी, नागरिकको योगदान, स्वास्थ्य बीमा साझा अभियान नाराका साथ’ दशौँ स्वास्थ्य बीमा दिवस धादिङमा पनि मनाइएको छ । 

 

 

धादिङ जिल्लाको बीमित संख्या १११,६६,१ स्वास्थ्य बीमामा आवद्ध भएको तथ्यांक छ । जिल्लाको परिवार संख्या ८३६,४२,बीमित परिवार संख्या ४२५,१९,बीमित प्रतिशत (परिवार) ५१% रहेको छ । जिल्लाको स्वास्थ्य बीमाको नविकरण विवरण बीमित संख्या ७०४,६७,बीमित परिवार संख्या ३०७,२८,जिल्लाको नविकरण दर(प्रतिशमा )७२% रहेको बोर्डले जनाएको छ । बीमा कार्यक्रममार्फत् पाँच जनासम्मको परिवारको तीन हजार पाँच सय रुपैयाँ बुझाएपछि त्यस घरमा रहेका सदस्यले वर्षभरीमा एक लाख रुपैयाँ बराबरको औषधि उपचार सरकारले तोकेको अस्पतालमा निःशुल्क उपचार गर्न पाइन्छ । पाँच जनाभन्दा बढी सदस्य भएपछि प्रतिसदस्यका दरले थप सातसय बुझाउनु पर्छ धादिङ स्वास्थ्य बीमा बोर्डका संयोजक नर बहादुर खड्काले  जानकारी दिनुभयो । 

 

 

दशौँ स्वास्थ्य बीमा दिवसको आयोजित कार्यक्रममा प्रमुख अथिति जिल्ला समन्वय समितिका प्रमुख नवराज अधिकारीले बीमालाई प्रभावकारी ढंगले संचालन गर्न सबै तह, निकाय जिम्मेवार हुनुपर्नेमा जोड दिए ।आर्थिक अभावका कारण स्वास्थ्य उपचारबाट वञ्चित हुन नपरोस् भन्ने हेतुले संचालन भैरहेको बीमा सबैको साझा रहेकाले सबै जिम्मेबार रहेको बताउनुभयो ।

 

 

धादिङ स्वास्थ्य बीमा बोर्ड तिन जनालाई  पुरस्कार सहित सम्मान गरेको छ । उत्कृष्ट दर्ता सहयोगी राजु नेपाल निलकण्ठ - २ र निष्मा भट्ट धेरै योगदान रकम संकलनकर्ता दर्ता सहयोगी निलकण्ठ - ३,तथा सबै भन्दा बढी बीमित आवद्धताकर्ता  धुनिवेशी न. पा - ३ को रन्जिता बस्नेतलाई  सम्मान सहित पुरस्कृत गरेको छ । 

 

 

कार्यक्रममा नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष सीताराम अधिकारी ,नीलकण्ठ नगरपालिका जनस्वास्थ्य अधिकृत विष्णु प्रसाद रिजाल,त्रिपुरासुन्दरी गाउँपालिका स्वास्थ्य संयोजक यम बहादुर श्रेष्ठ,धादिङ अस्पताल बाट पवन अयॅाल  तथा सरोकारवालाहरूको पस्थिती रहेको थियो ।

 

 

नेपालमा २०७२ साल चैत २५ देखि स्वास्थ्य बीमा कार्यक्रम लागू भएको हो । स्वास्थ्य बीमा कार्यक्रम ७७ वटै जिल्लाका ७ सय ५३ वटा पालिकामा विस्तार भएको छ । 

 

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
100%

0%

0%

0%

0%

अनि यो पनि

  • थप पढ्नुहोस् :
  • गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।

    पुन:प्रकाशन अघि अनुमति लिनुहोला।

    गुरास मिडिया हाउस

    ओखर न्यूज डट कम

    धादिङबेशी, धादिङ

    Email: [email protected]

    फोन: ९८४१६५६५४४

    सूचना

    प्रेस काउन्सिल द.नं. - ४७२१

    अध्यक्ष – सन्तोष श्रेष्ठ

    सम्पादक – अस्मिता कडवाल