धादिङ जिल्लामा खानेपानी, सरसफाइ तथा स्वच्छता सम्बन्धी कार्यक्रमलाई प्रभावकारी बनाउने उद्देश्यले जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति (D-WASH-CC) को बैठक सम्पन्न भएको छ ।

जिल्ला समन्वय समिति धादिङको आयोजनामा तथा ज्वालामुखी गाउँपालिकाको समन्वयमा आयोजित उक्त बैठक पुछारबजार स्थित होटल जीविकामा बिहीबार सम्पन्न भएको हो । २०८२ सफा र स्वच्छ क्षेत्र ज्वालामूखी भन्ने मुल नाराका साथ सरसफाई र स्वच्छतामा निकै सक्रियताका साथ काम गरीरहेको ज्वालामूखी गाउँपालिकाले यही चैत्र २९ गते नमुना पालिकाको रूपमा सबै वडालाई नमुना, सफा र स्वच्छ गाउँ घोषणा गर्ने तयारी गरिएको हो ।
यसका लागि समुदायमा चर्पीको समुचित प्रयोग, व्यक्तिगत सरसफाइ, सुरक्षित तथा सफा पानी, स्वस्थवर्द्धक खाना र खाना बनाउने भान्साघर आँगन सफा गरी ५ व्यवहार परिवर्तन र १५ वटा सुचक पुरा गरी अघि बढेको गाउपालिकाले अहिले गाउँभित्र रहेका ६ हजार ७९ घरधुरी अर्थात सतप्रतिशत घरमा सबै सुचक पूरा भएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख सुजन श्रेष्ठले बताउनु भयो ।

२०८२ सालभित्र गाउँपालिकालाई नै स्वच्छ, सफा र नमुना गाउँ घोषणाको लागी तिब्रगति सरसफाईको काम गरिरहेको पालिकाले यसअघि विभिन्न वटा वडालाई घोषणा गरी सकेको छ ।
जिल्ला समन्वय समिति धादिङका प्रमुख नवराज अधिकारीको अध्यक्षतामा बुधबार बसेको बैठकमा जिल्लाभित्र खानेपानी आपूर्ति, सरसफाइको अवस्था, खुला दिसामुक्त अभियानको दिगोपन, स्वच्छता व्यवहारको प्रवर्द्धन तथा स्थानीय तह,सरकारी निकाय, समुदाय र विकास साझेदारबीच सहकार्य भएमा मात्र दीगो उपलब्धि हासिल गर्न सकिने बताउनुभयो ।

कार्यक्रममा जिल्लास्थित विभिन्न स्थानीय तहका जनप्रतिनिधि, बुद्धिजीवी, समाजसेवी, सामाजिक अगुवा, स्वास्थ्यकर्मी तथा स्थानीय बासिन्दाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।
पुन:प्रकाशन अघि अनुमति लिनुहोला।
सूचना
प्रेस काउन्सिल द.नं. - ४७२१
अध्यक्ष – सन्तोष श्रेष्ठ
सम्पादक – अस्मिता कडवाल