सल्यानटारको नृसिंहधाममा धार्मिक महाकुम्भ जेठ १ देखि ३१ सम्म महोत्सव सञ्चालन

बिहीबार, चैत्र २६, २०८२

theme

धादिङ जिल्लाको सल्यानटारस्थित बुढीगण्डकी र नेत्रवती नदीको पवित्र संगमस्थलमा रहेको श्री नृसिंहधाममा आयोजना हुने बहुप्रतीक्षित पुरुषोत्तम महामहोत्सवको तयारी तीव्र पारिएको छ ।

 

 

आयोजक समितिका अनुसार प्रत्येक तीन वर्षमा आयोजना हुने यो धार्मिक महोत्सव आगामी २०८३ साल जेठ १ गतेदेखि ३१ गतेसम्म सञ्चालन हुने भएको छ । महोत्सवको पूर्वतयारीस्वरूप २३ दिने मेची–महाकाली रथयात्रा सफलतापूर्वक सम्पन्न भइसकेको छ, जसले देशव्यापी धार्मिक वातावरण थप सशक्त बनाएको विश्वास गरिएको छ ।

 

 

तीन वर्षदेखि धामका पीठाधीश्वर डा. श्रीवास कृष्ण दास ब्रह्मचारीको नेतृत्वमा देश तथा विदेशका प्रमुख धार्मिक तीर्थस्थलहरू कैलाश मानसरोवर,दामोदरकुण्ड,बद्रीनाथ,केदारनाथ, गंगासागर,जगन्नाथपुरी, द्वारका र कन्याकुमारी लगायतका १०८ तीर्थस्थलमा सञ्चालन हुँदै आएको यज्ञको पूर्णाहुति पनि यही महोत्सवमा गरिने कार्यक्रम रहेको छ । धार्मिक आस्थाको प्रमुख केन्द्रका रूपमा परिचित नृसिंहधाममा पुरुषोत्तम महिनामा चामलमाथि दियो बालेर संकल्प गर्ने परम्परा रहिआएको छ । साथै, १०८ तीर्थ यज्ञबाट संकलित जलप्रसादी वितरण गरिने आयोजकले जनाएको छ । यसरी गरिएको संकल्प पूरा हुने जनविश्वासका कारण हरेक तीन वर्षमा यहाँ लाखौँ भक्तजनको उपस्थिति रहने गर्दछ ।

 

 

महोत्सवलाई व्यवस्थित र भव्य बनाउन आवश्यक पूर्वाधार निर्माण, व्यवस्थापन तथा धार्मिक कार्यक्रमको तयारी तीव्र गतिमा अगाडि बढाइएको छ । महोत्सव अवधिभर भक्तजनहरूले हवनकर्म, पुरुषोत्तम स्नान तथा धार्मिक कथा श्रवणजस्ता गतिविधिमा सहभागी हुन पाउनेछन् । विशेषगरी गोत्रअनुसारका हवनकुण्ड निर्माण कार्य तीव्र रूपमा भइरहेको छ, जसअनुसार भक्तजनहरूले आफ्ना पितृ, सन्तति तथा व्यक्तिगत कल्याणका लागि हवन गर्न सक्नेछन् । महोत्सवमा देश तथा विदेशबाट आउने विभिन्न साधु–सन्तहरूको प्रवचन रहनेछ भने लाखौँ भक्तजनका लागि निःशुल्क भोजन प्रसादीको व्यवस्था गरिएको छ। साथै, आगन्तुक पाहुनाहरूका लागि आवास व्यवस्थापनसमेत मिलाइएको आयोजक समितिले जनाएको छ ।

 

 

 

यस महोत्सवले धार्मिक, सांस्कृतिक तथा पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ । स्थानीय तह तथा सरोकारवाला निकायहरू समेत महोत्सवलाई सफल बनाउन सक्रिय रूपमा जुटेका छन् ।

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

अनि यो पनि

  • थप पढ्नुहोस् :
  • गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।

    यसमा प्रकाशित कुनै पनि सामग्रीहरु पुन:प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहोला।

    गुरास मिडिया हाउसद्वारा संचालित

    ओखर न्यूज डट कम, OkharNews.com

    कार्यालय: नीलकण्ठ न.पा.-३, धादिङबेशी, धादिङ

    Email: [email protected]

    सम्पर्क फोन: ९८५१२३६३८६, ९८४८५६५६५४

    सञ्‍चार रजिष्ट्ररको कार्यालय

    प्रेस काउन्सिल द.नं. - ४७२१/०८१-०८२

    सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं. - ००२८०/०८१-०८२

    अध्यक्ष तथा प्रबन्ध निर्देशक – सन्तोष श्रेष्ठ

    सम्पादक – अस्मिता कडवाल

    व्यवस्थापक – शारदा अधिकारी

    फोटो / सम्पादन – भिषण श्रेष्ठ