धादिङ प्रहरीले ३० किलोग्राम लागूऔषध (गाँजा) सहित दुई जनालाई पक्राउ गरेको छ ।

वुधवार साँझ करिब ७:३० बजे गजुरी गाउँपालिका–२ रातमाटे स्थित चालिसेमाचेकजाँचका क्रममा प्रहरीले बा.प्र.०२–०५३ प ६६९३ नम्बरको २२० सीसी पल्सर मोटरसाइकलको पछाडि राखिएको निलो सुटकेसभित्र पहेँलो टेपले बेरिएका चार वटा पोका फेला पारेकाे थियाे । पोकाभित्र लुकाइछिपाइ ल्याएको करिब ३० किलोग्राम गाँजा बरामद गरिएको पनि प्रहरीले जनाएको छ ।

प्रहरीले उक्त लागूऔषधसहित मोटरसाइकल चालक धादिङ गजुरी गाउँपालिका–३ बस्ने वर्ष ३५ का सञ्च बहादुर खुलाल तामाङ र अर्को मोटरसाइकल बा ६२ प १२८६ नम्बरका चालक वर्ष २२ का बिरेन्द्र रुम्बा तामाङलाई नियन्त्रणमा लिएको छ । बरामद गरिएको लागूऔषध तथा सवारीसाधन लागूऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ ।

धादिङ जिल्ला अदालतबाट १२ दिनको म्याद थप अनुमति लिई इलाका प्रहरी कार्यालय गजुरीबाट थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश दाहालले बताउनु भयाे।
गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।
पुन:प्रकाशन अघि अनुमति लिनुहोला।
सूचना
प्रेस काउन्सिल नेपाल द.नं. ४७२१-२०८१/०८२
सञ्चार रजिष्ट्रार द.नं. ००२७०/२०८१/०८२
अध्यक्ष – सन्तोष श्रेष्ठ
सम्पादक – अस्मिता कडवाल