नेपाल पत्रकार महासंघ जिल्ला शाखा धादिङले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै डोलप्रसाद अर्याल (डीपी) ले राष्ट्रिय गौरवको रूपमा रहेको बुढीगण्डकी जलविद्युत आयोजना निकट भविष्यमै निर्माण चरणमा प्रवेश गर्ने बताएका छन् ।

उनले अब आयोजना सुरु हुन धेरै समय कुर्नु नपर्ने स्पष्ट पार्दै आवश्यक तयारी तीव्र रूपमा अघि बढाइएको जानकारी दिए । बुढीगण्डकी जलविद्युत आयोजना निर्माण कार्य छिट्टै सुरु हुन्छ,सभामुख अर्यालले आफू पूर्ण रूपमा निष्पक्ष, इमान्दार, जिम्मेवार र तटस्थ रहेर देश र जनताको हितमा नीति निर्माणमा क्रियाशील रहने प्रतिबद्धता समेत व्यक्त गरे ।

धादिङ क्षेत्र नं. २ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा बुढीगण्डकी आयोजना प्रमुख एजेण्डाका रूपमा उठाइएको थियो । सभामुख बन्नुअघि समेत अर्यालले धादिङ भ्रमणका क्रममा पटक–पटक बुढीगण्डकी आयोजनालाई अगाडि बढाउने बताएका थिए । लामो समयदेखि अन्योलमा रहेको यस आयोजनाले अब स्पष्ट दिशा पाउने अपेक्षा गरिएको छ ।

आयोजना निर्माण सुरु भएमा धादिङ र गोरखा जिल्लाको आर्थिक, सामाजिक तथा पूर्वाधार विकासमा महत्वपूर्ण टेवा पुग्ने विश्वास गरिएको छ।
गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।
पुन:प्रकाशन अघि अनुमति लिनुहोला।
सूचना
प्रेस काउन्सिल नेपाल द.नं. ४७२१-२०८१/०८२
सञ्चार रजिष्ट्रार द.नं. ००२७०/२०८१/०८२
अध्यक्ष – सन्तोष श्रेष्ठ
सम्पादक – अस्मिता कडवाल