जिल्ला प्रहरी कार्यालय धादिङ को सक्रियतामा ठूलो परिमाणमा लागूऔषधसहित दुई जनालाई पक्राउ गरिएको छ ।

इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले आदमघाट क्षेत्रमा सवारी जाँचका क्रममा बा ५ ख ७५३७ नम्बरको आईचर गाडीबाट लागूऔषध बरामद गरेको हो । शंका लागेपछि गरिएको जाँचका क्रममा गाडीभित्र लुकाइ राखिएको अवस्थामा २८६ किलो ४०० ग्राम गाँजा जस्तो देखिने पदार्थ र २०० ग्राम अफिम जस्तो देखिने पदार्थ फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उक्त गाडीका चालक नीलकण्ठ नगरपालिका–९ का २२ वर्षीय हिरालाल विक र सहचालक सिद्धलेक गाउँपालिका–५ का १९ वर्षीय लालबहादुर विकलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ ।

पक्राउ परेका दुवै जनामाथि लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ ।
गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।
पुन:प्रकाशन अघि अनुमति लिनुहोला।
सूचना
प्रेस काउन्सिल द.नं. - ४७२१
अध्यक्ष – सन्तोष श्रेष्ठ
सम्पादक – अस्मिता कडवाल