सभामुख अर्यालद्वारा ज्वालामुखीलाई नेपालकै पहिलो सफा र स्वच्छ गाउँपालिका घोषणा (तस्बिरमा हेर्नुहोस् )

आइतबार, चैत्र २९, २०८२

theme

धादिङको ज्वालामुखी गाउँपालिका लाई देशकै पहिलो नमुना सफा तथा स्वच्छ गाउँपालिकाको रूपमा घोषणा गरिएको छ। “मिसन २०८२ सफा र स्वच्छ क्षेत्र ज्वालामुखी” भन्ने मूल नारासहित आइतबार वडा नम्बर ४ स्थित बराह कालिका माध्यमिक विद्यालयको प्राङ्गणमा आयोजित भव्य समारोहका बीच उक्त घोषणा गरिएको हो ।

 

 

नेपालको संविधान २०७२ ले सुनिश्चित गरेको सरसफाइसम्बन्धी मौलिक हक तथा रणनीतिक योजनाहरू कार्यान्वयन गर्दै गाउँपालिकाले यो उपलब्धि हासिल गरेको हो ।  कार्यक्रममा प्रतिनिधिसभाका सभामुख डोल प्रसाद अर्यालले ज्वालामुखीलाई नेपालकै पहिलो सफा तथा स्वच्छ गाउँपालिका भएको घोषणा गर्नुभयो । घोषणासभालाई सम्बोधन गर्दै सभामुख अर्यालले सरसफाइ र स्वच्छता सम्बन्धी समुदायको सोचमा सकारात्मक परिवर्तन ल्याउन सफल भएकोमा गाउँपालिकालाई प्रशंसा गर्नुभयो । संविधान बनेको १० वर्ष हुदाँसमेत थुप्रै काननुहरु निर्माण गर्न बाँकी छन्, थुप्रै कानुन तथा ऐनहरु संसोधन गर्नु पर्ने छन् । ५० वर्षसम्म लागु हुने कानुन बनाउने जिम्मेवारी छ । अत्यन्तै छिटो फास्ट ट्याकमा हामी ति कामहरु गर्नेछौं । ६७ वर्षपछि २०१५ साल यता २०८२ सालमा देश परिवर्तन गर्ने अवसर पाएका छौं । राष्ट्र र राष्ट्रियतासँगै नेपाली जनताका लागि बनाउनुपर्ने कुनै पनि कानुन अत्यन्तै छिटो दु्रत गतिमा बनाएर देशको संसद चलायमान र सरकार पनि काम गरिरहेको अनुभूति हुने गरि काम गर्नेछौं’ उनले भने । कार्यक्रममा परम्परागत शैलीअनुसार करुवाबाट पानी पिएर उद्घाटन गरिएको थियो ।

 

 

गाउँपालिकाले यसअघि केही वडाहरूलाई नमुना घोषणा गरिसकेको भए पनि हाल सातै वडाका सबै ६ हजार ७९ घरधुरीमा सरसफाइका न्यूनतम मापदण्ड पूरा भएपछि समग्र गाउँपालिकालाई नै नमुना घोषणा गरिएको हो । गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख सुजन श्रेष्ठका अनुसार प्रत्येक घरधुरीमा तोकिएका १५ सूचकहरू चार चरणमा सूक्ष्म अनुगमन गरेर मात्र यो उपलब्धि हासिल गरिएको हो । कार्यक्रममा प्रस्तुत तथ्याङ्कअनुसार गाउँपालिकाभित्रका शतप्रतिशत घरधुरीले सरसफाइका सबै मापदण्ड पूरा गरेका छन् । प्रत्येक घरधुरीमा सरसफाइ सुविधा, सुरक्षित खानेपानीको पहुँच तथा व्यक्तिगत स्वच्छता अभ्यासको सुनिश्चिततासहित गाउँपालिकालाई सफा तथा स्वच्छ घोषणा गरिएको हो ।

 

 

गाउँपालिकाका अध्यक्ष यमनाथ दनैले सरसफाइलाई व्यवहारमै उतार्ने लक्ष्यका साथ अभियान सञ्चालन गरिएको बताउनुभयो। “हाम्रो लक्ष्य तथ्याङ्कमा मात्र सीमित छैन, नागरिकको दैनिक जीवनशैलीमै सरसफाइको संस्कार बसाल्नु हो,” उहाँले भन्नुभयो, “यो अभियान सफल बनाउन प्रत्येक घरधुरीको सक्रिय सहभागिता र प्रतिबद्धता महत्वपूर्ण रह्यो ।” उहाँले सुरक्षित खानेपानी र पूर्ण सरसफाइको अधिकारलाई प्रत्येक घरमा सुनिश्चित गर्न गाउँपालिका निरन्तर प्रतिबद्ध रहेको पनि उल्लेख गर्नुभयो ।

 

 

नमुना सफा र स्वच्छ गाउँपालिका घोषणा कार्यक्रममा  धादिङ क्षेत्र नम्बर २ का सांसद वोध नारायण श्रेष्ठ, संघीय सरकारका पूर्व कृषि मन्त्री रामनाथ अधिकारी, संविधान सभा सदस्य गुरुप्रसाद बुर्लाकोटी, बागमती प्रदेशका आन्तरिक मामिला मन्त्री शिवराज अधिकारी, प्रदेश सांसद गोविन्द लम्साल तथा बागमती प्रदेशका पूर्व मन्त्री डा. रामकुमार अधिकारी लगायतका विशिष्ट अतिथिहरूको उपस्थिति रहेको थियो ।

 

 

 

 

 

 

 

 

 

 

 

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

अनि यो पनि

  • थप पढ्नुहोस् :
  • गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।

    यसमा प्रकाशित कुनै पनि सामग्रीहरु पुन:प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहोला।

    गुरास मिडिया हाउसद्वारा संचालित

    ओखर न्यूज डट कम, OkharNews.com

    कार्यालय: नीलकण्ठ न.पा.-३, धादिङबेशी, धादिङ

    Email: [email protected]

    सम्पर्क फोन: ९८५१२३६३८६, ९८४८५६५६५४

    सञ्‍चार रजिष्ट्ररको कार्यालय

    प्रेस काउन्सिल द.नं. - ४७२१/०८१-०८२

    सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं. - ००२८०/०८१-०८२

    अध्यक्ष तथा प्रबन्ध निर्देशक – सन्तोष श्रेष्ठ

    सम्पादक – अस्मिता कडवाल

    व्यवस्थापक – शारदा अधिकारी

    फोटो / सम्पादन – भिषण श्रेष्ठ