मन्त्रीहरूको सम्पत्तिमा ‘सुन मोह’ प्रधानमन्त्री देखि गृहमन्त्री सम्म उच्च परिमाणमा सुन

सोमबार, चैत्र ३०, २०८२

theme

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय ले आइतबार (चैत २९) सार्वजनिक गरेको प्रधानमन्त्री तथा मन्त्रीहरूको सम्पत्ति विवरणले सरकारका शीर्ष पदाधिकारीहरूसँग ठूलो परिमाणमा सुन रहेको तथ्य उजागर गरेको छ ।

 

 

सरकारले पारदर्शिता प्रवर्द्धन गर्ने उद्देश्यले हरेक वर्ष सार्वजनिक गर्ने सम्पत्ति विवरणले यसपटक पनि उच्च पदाधिकारीहरूको आर्थिक हैसियतबारे स्पष्ट तस्वीर प्रस्तुत गरेको छ । सार्वजनिक विवरणअनुसार बालेन्द्र शाह नेतृत्वको सरकारका अधिकांश मन्त्रीहरूको सम्पत्तिमा सुनको हिस्सा उल्लेखनीय देखिएको छ । विशेषगरी प्रधानमन्त्री र गृहमन्त्रीको परिवारसँग सुनको परिमाण उच्च रहेको पाइएको छ ।

प्रधानमन्त्री बालेन्द्र शाह का श्रीमतीको नाममा १९० तोला सुन रहेको उल्लेख गरिएको छ, जसको हालको बजार मूल्य करिब ५ करोड ६४ लाख ३० हजार रुपैयाँ बराबर पर्छ । त्यस्तै, गृहमन्त्री सुधन गुरुङ सँग ८९ तोला सुन रहेको छ, जसको मूल्य करिब २ करोड ६४ लाख ३३ हजार रुपैयाँ रहेको विवरणमा उल्लेख छ ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले सँग ४५ तोला (करिब १ करोड ३३ लाख ६५ हजार रुपैयाँ), श्रम मन्त्री रामजी यादव सँग आफ्नै र श्रीमतीको नाममा गरी ५० तोला (करिब १ करोड ४८ लाख ५० हजार रुपैयाँ) सुन रहेको देखिएको छ ।

 

 

उद्योग मन्त्री गौरी कुमारी यादव सँग ८० तोला (करिब २ करोड ३७ लाख ६० हजार रुपैयाँ) सुन रहेको विवरणमा उल्लेख छ भने भौतिक पूर्वाधार मन्त्री सुनिल लम्साल सँग ३० तोला (करिब ८९ लाख १० हजार रुपैयाँ) सुन रहेको छ । यसैगरी स्वास्थ्य मन्त्री निशा मेहता सँग ३० तोला, सामान्य प्रशासन मन्त्री प्रतिभा रावल सँग २५ तोला, महिला तथा बालबालिका मन्त्री सिता बादी सँग १८ तोला सुन रहेको देखिएको छ ।

परराष्ट्र मन्त्री शिशिर खनाल सँग २२ तोला, ऊर्जा मन्त्री विराज भक्त श्रेष्ठ सँग १५ तोला, कानुन मन्त्री सोविता गौतम सँग १५ तोला सुन रहेको विवरणमा उल्लेख छ । त्यस्तै, शिक्षा मन्त्री सस्मित पोखरेल का आमाबुबाको नाममा २५ तोला, पर्यटन मन्त्री खडक राज (गनेश) पौडेल सँग ११ तोला, सञ्चार मन्त्री डा. विक्रम तिमिल्सिना सँग ११.५ तोला र कृषि मन्त्री गिता चौधरी सँग ५ तोला सुन रहेको छ ।

 

 

सार्वजनिक गरिएको विवरणमा नगद, सुन–चाँदी, सेयर तथा घरजग्गा लगायत सम्पूर्ण सम्पत्तिको विवरण खुलाइएको छ । समग्रमा हेर्दा मन्त्रीहरूको सम्पत्तिमा सुनप्रतिको आकर्षण उच्च देखिएको विश्लेषण गरिएको छ ।

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

अनि यो पनि

  • थप पढ्नुहोस् :
  • गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।

    पुन:प्रकाशन अघि अनुमति लिनुहोला।

    गुरास मिडिया हाउस

    ओखर न्यूज डट कम

    धादिङबेशी, धादिङ

    Email: [email protected]

    फोन: ९८४१६५६५४४

    सूचना

    प्रेस काउन्सिल नेपाल द.नं. ४७२१-२०८१/०८२

    सञ्चार रजिष्ट्रार द.नं. ००२७०/२०८१/०८२

    अध्यक्ष – सन्तोष श्रेष्ठ

    सम्पादक – अस्मिता कडवाल