स्थानीय तहको संयुक्त पहलमा धादिङका नवनिर्वाचित सांसदहरूलाई दोसल्ला ओढाएर सम्मान

सोमबार, चैत्र ३०, २०८२

theme

धादिङ जिल्लाका स्थानीय तहहरूको संयुक्त आयोजनामा प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२ बाट निर्वाचित माननीय सांसदहरूलाई एक विशेष समारोहका बीच बधाई तथा शुभकामना ज्ञापन गरिएको छ ।

 

 

धादिङबेसीमा आयोजित उक्त कार्यक्रममा जिल्लाका प्रत्यक्ष तथा समानुपातिक प्रणालीमार्फत निर्वाचित प्रतिनिधि सभा सदस्यहरूलाई सम्मान  कार्यक्रममा नेपाल नगरपालिका संघका अध्यक्ष तथा नीलकण्ठ नगरपालिकाका नगर प्रमुख भीमप्रसाद ढुँगानाको अध्यक्षतामा भएको थियो ।

 

 

स्थानीय तहका प्रमुख, उपप्रमुख तथा जनप्रतिनिधिहरूले प्रतिनिधि सभा सदस्यहरूमा क्षेत्र नम्बर २ बाट प्रत्यक्षतर्फ निर्वाचित सांसद बोधनारायण श्रेष्ठ, त्यस्तै समानुपातिक प्रणालीमार्फत निर्वाचित सांसदहरूमा उर्मिला थपलिया, बसुमाया तामाङ,डा. पुष्पराज कँडेल, गंगादेवी श्रेष्ठ तथा सरस्वती लामा खादा, माला र सम्मानपत्रसहित अभिनन्दन गरिएको थियो ।

 

 

सांसद बोध नारायण श्रेष्ठको भनाइ अनुसार विगतका अभ्यासहरू परिवर्तन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले पारदर्शिता, सहकार्य र आवश्यकता आधारित विकासमा जोड दिँदै स्थानीय तहसँग मिलेर काम गर्ने बताएका छन् ।

 

 

स्थानीय तहहरूको सहकार्यमा आयोजित यस प्रकारको सम्मान कार्यक्रमले जनप्रतिनिधिहरूबीच सहकार्य र समन्वयलाई अझ सुदृढ बनाउने विश्वास कायम गर्न र स्थानीय सरकारले आफ्ना योजनाहरू संघीय बजेट र नीतिमा समेट्नका लागि सांसदहरूको साथ आवश्यक पर्ने हुनाले, यो कार्यक्रमले जनप्रतिनिधिहरूबीच प्रारम्भिक संवादको वातावरण तय गर्ने नीलकण्ठ नगरपालिकाका मेयर एवं नगरपालिका महासंघ नेपालका अध्यक्ष भीम प्रसाद ढुंगानाले बताए ।

 

 

कार्यक्रममा जनप्रतिनिधिहरूले नव–निर्वाचित सांसदहरूलाई सफल कार्यकालको शुभकामना दिँदै जिल्लाको समग्र विकास, सुशासन र जनसेवामा प्रभावकारी भूमिका निर्वाह गर्न आग्रह गरेका थिए । साथै, संघीय संसदमा धादिङको आवाज सशक्त रूपमा उठाउने विश्वास समेत व्यक्त गरिएको थियो हो ।

 

 

नीलकण्ठ नगरपालिका, धुनीबेंसी नगरपालिका, थाक्रे गाउँपालिका, बेनीघाट रोराङ गाउँपालिका, सिद्धलेक गाउँपालिका, ज्वालामुखी गाउँपालिका, नेत्रावती डवजोङ गाउँपालिका, खनियावास गाउँपालिका, गंगाजमुना गाउँपालिका, रुवीभ्याली गाउँपालिका, गल्छी गाउँपालिका, गजुरी गाउँपालिका र त्रिपुरासुन्दरी गाउँपालिकाको संयुक्त आयोजनामा भएको हो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

अनि यो पनि

  • थप पढ्नुहोस् :
  • गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।

    यसमा प्रकाशित कुनै पनि सामग्रीहरु पुन:प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहोला।

    गुरास मिडिया हाउसद्वारा संचालित

    ओखर न्यूज डट कम, OkharNews.com

    कार्यालय: नीलकण्ठ न.पा.-३, धादिङबेशी, धादिङ

    Email: [email protected]

    सम्पर्क फोन: ९८५१२३६३८६, ९८४८५६५६५४

    सञ्‍चार रजिष्ट्ररको कार्यालय

    प्रेस काउन्सिल द.नं. - ४७२१/०८१-०८२

    सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं. - ००२८०/०८१-०८२

    अध्यक्ष तथा प्रबन्ध निर्देशक – सन्तोष श्रेष्ठ

    सम्पादक – अस्मिता कडवाल

    व्यवस्थापक – शारदा अधिकारी

    फोटो / सम्पादन – भिषण श्रेष्ठ