त्रिमुर्ती मोबाईल हाउसबाट मोबाइल किन्दा ग्राहकलाई स्कुटर उपहार

मंगलबार, बैशाख १, २०८३

theme

धादिङको जिल्ला नीलकण्ठ नगरपालिका - ३ मिलनटोलमा रहेको त्रिमुर्ती मोबाईल हाउसबाट मोबाइल किन्दा नयाँ वर्षको अवसर पारेर आज लक्की ड्र मार्फत नीलकण्ठ नगरपालिका - १४ धुवाकोटका बिजन शाहलाई स्कुटर उपहार मिलेको छ । 

 

 

मलाई मोबाइल पसलबाट स्कुटर उपहार परेको बारे फोन गर्दा पत्यार नै लागेको थिएन् अहिलेसम्म धेरै मोबाइल किनियो अहिले उपहार पर्दा खुशी लाग्या छ शाहले भन्नुभयो । चतै १२ गते शाहले १७ हजार रुपैयाँ पर्ने सामसुङ मोबाइल खरिद गर्नुभएको थियो । वर्षभरि आफ्नो शाखाहरूबाट मोबाइल खरिद गरेका ग्राहकहरू मध्येबाट लकी ड्र मार्फत एक जनालाई हिरोको जुम भीएक्स ड्रम भेरियन्टको स्कुटर उपहार परेको हो । करिब २ लाख ५५ हजार  मूल्यको हिरोको जुम भीएक्स ड्रम भेरियन्टको ११० सिसीको स्कुटर त्रिमुर्ती मोबाईल हाउसका प्रोपाइटर इश्वर श्रेष्ठले स्कुटर विजेता शाहलाई बधाई दिनुभएको थियो । त्रिमुर्ती मोबाईल हाउसले हरेक महिना ग्राहकहरुमध्येबाट एक जनालाई सुनको औँठी उपहार समेत प्रदान गर्दै आएको छ । ग्राहकहरुले विश्वास गरेर त्रिमुर्ती मोबाईल हाउसमा आउनुहुन्छ । थोरै बचेको फाइदाबाट विभिन्न उपहार दिदै आएको थिएँ । व्यवसाय सन्तुष्टि र फाइदा दुवै हो । विशेषत ग्राहकलाई सन्टुष्टि दिन र नयाँ वर्षमा नयाँ काम गर्ने सोचले स्कुटर लगायत विभिन्न सामाग्री दिदै आएको प्रोपाईटर श्रेष्ठले बताउनुभयो ।

 

 

२०६९ सालबाट व्यवसाय शुभारम्भ गरेको त्रिमूर्ति मोबाइल हाउसले चारवटा शाखा सञ्चालन गर्दै आएको छ । मोबाईल, ल्यापटप, accessories लगायत सामग्रीहरू राखेका छौं । मोबाईल र ल्यापटसहित सम्पूर्ण सामाग्रीहरु पाइन्छ’ उनले भने– ‘मिलनटोल, विचबजार, पुछारबजार र काठमाडौँस्थित कलंकीसहित चारवटा स्थानबाट त्रिमूर्तिका सेवा प्रवाह भइ रहेका छन् । मोबाईल, ल्यापटप किस्ताबन्दीमा पाइने भएपछि ग्राहकको विश्वास र चाप पनि बढेको छ । ग्राहक सन्तुष्ट भए हामी सन्तुष्ट हुने हो । आशा छ, आगामी दिनमा पनि सबैको अहिलेको जस्तै मायाँ र साथ पाउँनेछौं प्रोपाइटर श्रेष्ठले बताउनुभयो ।

 

 

विभिन्न खेल खेलाउदै उपहार दिएर ग्राहक तथा सहभागीहरुलाई नयाँ वर्ष रोचक समेत बनाएका थिए ।

 

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

अनि यो पनि

  • थप पढ्नुहोस् :
  • गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।

    यसमा प्रकाशित कुनै पनि सामग्रीहरु पुन:प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहोला।

    गुरास मिडिया हाउसद्वारा संचालित

    ओखर न्यूज डट कम, OkharNews.com

    कार्यालय: नीलकण्ठ न.पा.-३, धादिङबेशी, धादिङ

    Email: [email protected]

    सम्पर्क फोन: ९८५१२३६३८६, ९८४८५६५६५४

    सञ्‍चार रजिष्ट्ररको कार्यालय

    प्रेस काउन्सिल द.नं. - ४७२१/०८१-०८२

    सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं. - ००२८०/०८१-०८२

    अध्यक्ष तथा प्रबन्ध निर्देशक – सन्तोष श्रेष्ठ

    सम्पादक – अस्मिता कडवाल

    व्यवस्थापक – शारदा अधिकारी

    फोटो / सम्पादन – भिषण श्रेष्ठ