राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको पहलमा आजदेखि देशभरका ७५३ वटै स्थानीय तहमा ‘व्यक्तिगत घटना दर्ता सप्ताह’ कार्यक्रमका सुरु भएको छ ।

नागरिकस्तरमा व्यक्तिगत घटना दर्तासम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गरिएको यस अभियान एक हप्तासम्म देशभर मनाइने विभागले जनाएको छ । यसअघि नै विभागले गत चैतको अन्तिम साता सबै स्थानीय तहलाई परिपत्र जारी गर्दै सप्ताहव्यापी कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गर्न निर्देशन दिइसकेको थियो ।
विभागका अनुसार व्यक्तिगत घटना दर्ता जन्म, मृत्यु, विवाह, बसाइँसराइ लगायतका व्यक्तिगत घटना दर्ता व्यक्तिको कानुनी पहिचान स्थापित गर्न र राज्यबाट प्राप्त हुने सेवामा नागरिकको कानुनी पहिचान स्थापित गर्ने आधार मात्र नभई राज्यबाट प्रवाह हुने विभिन्न सेवा तथा सुविधा प्राप्तिको प्रमुख आधार पनि हो । सप्ताहका क्रममा स्थानीय तह, विद्यालय, तथा विभिन्न संघ–संस्थाहरूले व्यक्तिगत घटना दर्ताको आवश्यकता र प्रक्रिया सम्बन्धी सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्नेछन् । जनचेतना अभिवृद्धि गर्न र नागरिकलाई दर्ता प्रक्रियामा सहभागी गराउन विभिन्न प्रचार–प्रसार, अन्तरक्रिया तथा अभिमुखीकरण कार्यक्रम आयोजना गरिने बताइएको छ ।

विभागले सबै नागरिकलाई आफ्नो तथा परिवारका सदस्यहरूको व्यक्तिगत घटना समयमै दर्ता गराउन अनुरोध गरेको छ, जसले कानुनी पहिचान सुनिश्चित गर्नुका साथै राज्यबाट उपलब्ध सेवाहरू सहज रूपमा प्राप्त गर्न मद्दत पुग्ने विश्वास लिइएको छ ।
गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।
पुन:प्रकाशन अघि अनुमति लिनुहोला।
सूचना
प्रेस काउन्सिल द.नं. - ४७२१
अध्यक्ष – सन्तोष श्रेष्ठ
सम्पादक – अस्मिता कडवाल