धादिङ जिल्लामा जिल्ला स्तरीय अन्तरपालिका टी–२० क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ ।

जिल्ला क्रिकेट संघ धादिङको आयोजनामा बैशाख ४ गतेदेखि ९ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको खेल तालिका सार्वजनिक गरिएको हो ।आयोजकले बुधबार पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको विस्तृत तालिका सार्वजनिक गरेको जनाएको छ। प्रतियोगिता बेनीघाट रोराङ गाउँपालिकास्थित विशालटार खेल मैदानमा सञ्चालन हुनेछ ।

प्रतियोगितामा जिल्लाका ८ वटा पालिकाको सहभागिता रहनेछ । सहभागी टोलीहरूलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा बेनीघाट रोराङ गाउँपालिका, त्रिपुरासुन्दरी गाउँपालिका, ज्वालामुखी गाउँपालिका र सिद्धलेक गाउँपालिका रहेका छन् । यस्तै समूह ‘बी’ मा नीलकण्ठ नगरपालिका, धुनीबेशी नगरपालिका, गजुरी गाउँपालिका र गल्छी गाउँपालिका समावेश गरिएको छ । सार्वजनिक खेल तालिका अनुसार उद्घाटन खेलमा बेनीघाट रोराङ र त्रिपुरासुन्दरी गाउँपालिकाबीच प्रतिस्पर्धा हुनेछ । त्यसपछि दोस्रो खेलमा ज्वालामुखी गाउँपालिका र सिद्धलेक गाउँपालिकाबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।

प्रतियोगिताले जिल्लाभित्र क्रिकेट खेलको विकास, खेलाडीहरूको क्षमता अभिवृद्धि तथा पालिकाबीच स्वस्थ प्रतिस्पर्धा बढाउने अपेक्षा गरिएको आयोजकले जनाएको छ ।
गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।
यसमा प्रकाशित कुनै पनि सामग्रीहरु पुन:प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहोला।
गुरास मिडिया हाउसद्वारा संचालित
ओखर न्यूज डट कम, OkharNews.com
कार्यालय: नीलकण्ठ न.पा.-३, धादिङबेशी, धादिङ
Email: [email protected]
सम्पर्क फोन: ९८४१६५६५४४
सञ्चार रजिष्ट्ररको कार्यालय
प्रेस काउन्सिल द.नं. - ४७२१/०८१-०८२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं. - ००२८०/०८१-०८२
अध्यक्ष तथा प्रबन्ध निर्देशक – सन्तोष श्रेष्ठ
सम्पादक – अस्मिता कडवाल
व्यवस्थापक – शारदा अधिकारी
फोटो / सम्पादन – भिषण श्रेष्ठ