ads

आज वैशाख कृष्ण औँसी आमाको मुख हेर्ने पर्व मनाइँदै

शुक्रबार, बैशाख ४, २०८३

theme

हरेक वर्ष वैशाख कृष्ण पक्ष औँसीका दिन मनाइने “आमाको मुख हेर्ने पर्व” आज देशभर श्रद्धा, भक्ति र सम्मानका साथ मनाइँदैछ ।

 

 

यस दिनलाई आमाप्रतिको कृतज्ञता व्यक्त गर्ने विशेष अवसरका रूपमा लिइन्छ । पर्वका अवसरमा छोराछोरीले बिहानै उठेर स्नान गरी आफ्नी आमालाई राम्रा लुगा लगाइदिने, मीठा तथा पोषिला खानेकुरा खुवाउने र आशीर्वाद थाप्ने परम्परा रहेको छ । आमाप्रतिको माया, सम्मान र कृतज्ञता प्रकट गर्ने यो दिन नेपाली समाजमा अत्यन्त भावनात्मक र महत्वपूर्ण मानिन्छ ।

 

 

यस अवसरमा मातातिर्थ क्षेत्रमा बिहानैदेखि ठूलो मेला लागेको छ । देशका विभिन्न स्थानबाट श्रद्धालुहरू त्यहाँ पुगेर दिवङ्गत आमाको सम्झनामा स्नान, तर्पण तथा पूजाआजा गरिरहेका छन् । आमा नभएका व्यक्तिहरूले भने यस दिन आफ्नी दिवङ्गत आमाको सम्झनामा तर्पण, पिण्डदान तथा पुरोहितलाई सिदादान सहित भोजन गराउने चलन छ । यसरी उनीहरूले आमाले जीवनभर गरेका त्याग, माया र संघर्षलाई स्मरण गर्दै श्रद्धाञ्जली अर्पण गर्छन् ।

 

 

आजको दिनले आमाप्रतिको माया र सम्मानलाई अझ प्रगाढ बनाउँदै पारिवारिक सम्बन्धलाई मजबुत बनाउने सन्देश दिएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

अनि यो पनि

  • थप पढ्नुहोस् :
  • गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।

    पुन:प्रकाशन अघि अनुमति लिनुहोला।

    गुरास मिडिया हाउस

    ओखर न्यूज डट कम

    धादिङबेशी, धादिङ

    Email: [email protected]

    फोन: ९८४१६५६५४४

    सूचना

    प्रेस काउन्सिल नेपाल द.नं. ४७२१-२०८१/०८२

    सञ्चार रजिष्ट्रार द.नं. ००२७०/२०८१/०८२

    अध्यक्ष – सन्तोष श्रेष्ठ

    सम्पादक – अस्मिता कडवाल