धादिङको त्रिपुरासुन्दरी–६ मा खानेपानी पाउँदा दलित बस्तीमा छायो खुसी

आइतबार, बैशाख ६, २०८३

theme

धादिङको त्रिपुरासुन्दरी–६ का दलित बस्तीमा एक घर एक खानेपानीको धारा जडान भएको छ । 

 

 

शान्ति नेपालको “सामुदायिक रूपान्तरणका लागि पूर्ण सरसफाइ परियोजना” अन्तर्गत सञ्चालनमा आएको उक्त योजनाले स्थानीय बासिन्दालाई स्वच्छ खानेपानी उपलब्ध गराउने लक्ष्यको साथ ‘एक घर, एक धारा’ योजना अन्तर्गत खानेपानी पुर्याइएको हो ।

पिप्ले टोलका करिब ३६ घरधुरीमा दुई किलोमिटर टाढाको मुहानबाट पानी ल्याएर ‘एक घर, एक धारा’ योजना अन्तर्गत खानेपानी पु¥याइएको हो । खानेपानीसँगै सरसफाइ सुधारका लागि भाँडा सुकाउने ठाउँ, फोहर फाल्ने खाडललगायत संरचना पनि निर्माण गरिएको छ । घरघरमै धारा जडान भएसँगै पुस्तौँदेखिको खानेपानीको सङ्कट अन्त्य भएको छ भने स्थानीयलाई घण्टौँ टाढाबाट पानी बोकेर ल्याउने बाध्यता हटेको छ । एक गाग्री पानी ल्याउन बिहानभरि लाग्ने गरेको र घरमा खानेपानीको धारा आउला भन्ने कल्पना नगरेको स्थानीय अस्मिता नेपालीले बताउनुभयो । अब बचेको समयमा आम्दानीको काम गर्न थालेका छौं,उहाँले भन्नुभयो,खानेपानी ल्याउनका लागि टाढाटाढा जानुपर्ने बाध्यता हटेको छ ।

 

 

आयोजनाको कुल अनुमानित लागत २७ लाख ६३ हजार ६२७ रुपैयाँ रहेको छ। यसमध्ये शान्ति नेपालको तर्फबाट १३ लाख ५६ हजार २७६ रुपैयाँ (नगद तथा प्राविधिक सहयोग), त्रिपुरासुन्दरी गाउँपालिकाबाट ३ लाख ५० हजार रुपैयाँ र स्थानीय जनश्रमदानबाट २ लाख ४२ हजार ४३३ रुपैयाँ बराबरको योगदानमा योजना सम्पन्न भएको हो ।स्थानीयको श्रमदान महत्वपूर्ण रहेको आयोजनासँगै स्थानीय स्तरमा मर्मत सम्भार र व्यवस्थापनसम्बन्धी तालिमसमेत प्रदान गरिएको परियोजना व्यवस्थापक ईन्द्रमान शाक्यले बताउनुभयो । 

 

 

यस योजनाले पिप्ले क्षेत्रका दलित समुदायको जीवनस्तर सुधार गर्न र स्वच्छता अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
100%

0%

0%

0%

0%

अनि यो पनि

  • थप पढ्नुहोस् :
  • गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।

    पुन:प्रकाशन अघि अनुमति लिनुहोला।

    गुरास मिडिया हाउस

    ओखर न्यूज डट कम

    धादिङबेशी, धादिङ

    Email: [email protected]

    फोन: ९८४१६५६५४४

    सूचना

    प्रेस काउन्सिल नेपाल द.नं. ४७२१-२०८१/०८२

    सञ्चार रजिष्ट्रार द.नं. ००२७०/२०८१/०८२

    अध्यक्ष – सन्तोष श्रेष्ठ

    सम्पादक – अस्मिता कडवाल