त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ७, अचनेटारलाई गाउँपालिकाको पहिलो नमुना सफा र स्वच्छ वडा घोषणा

सोमबार, बैशाख ७, २०८३

theme

धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ७ लाई गाउँपालिकाकै पहिलो नमूना सफा र स्वच्छ वडा घोषणा गरिएको छ ।

 

 

आईतबार आयोजित एक विशेष कार्यक्रमका बीच गाउँलाई सरसफाइ तथा स्वच्छताको दृष्टिले नमूना क्षेत्रका रूपमा घोषणा गरिएको हो । “शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र पूर्वाधार–समुन्नत समाज, त्रिपुरासुन्दरीको मूल आधार” भन्ने मुख्य नारा सहित घोषणा गरिएको वडा नं. ७ मा सफा र स्वच्छ गाउँको चरणमा ५ वटा व्यवहारका १५ वटा सुचक र ४५ वटा उपसुचकहरु ५ वटा व्यवहारहरुमा १) चर्पीको समुचित प्रयोग २) व्यक्तिगत सरसफाइ ३) सुरक्षित खानेपानी ४) सुरक्षित र स्वच्छ खाना ५)घर तथा आँगनको सरसफाइ यी सवै व्यवहार पूरा गरी हर्ष उल्लासका साथ सफा र स्वच्छ वडा घोषणा गरिएको शान्ति नेपालका परियोजना व्यवस्थापक ईन्द्रमान शाक्यले सहजीकरण गरेको थियो । 

 

 

बोल्दै प्रमुख अतिथि गाउँपालिकाका अध्यक्ष श्री राजु उप्रेतीले यो अभियानले सिंगो गाउँपालिका घोषणा लागि सूरुवात भएको छ गाउँटोल,वडा हुँदै गाउँपालिकालाई नै पूर्ण सरसफाईयुक्त गाउँपालिका घोषणा गर्ने अभियानलाई प्राथमिकतामा राख्दै आगामी दिनमा सोहि अनुसार योजना तथा बजेट विनोयोजन गर्दै लैजाने र सरसफाइले व्यक्तिको स्वास्थ्यमा सकारात्मक प्रभाव ल्याउँछ जसको कारण व्यक्ति,समाज र सिंगो गाउँपालिकाको आर्थिक, सामाजिक लगायत सर्वपक्षिय सुधार देखिने भएकाले गाउँपालिकाले अभियानको रुपमा ल्याएको गाउँपालिका अध्यक्षले बताउनुभयो ।

 

 

स्थानीय बासिन्दाहरूले पनि गाउँलाई सफा, सुन्दर र व्यवस्थित बनाउने अभियानलाई निरन्तरता दिने प्रतिबद्धता जनाएका छन् । वडा नम्बर ७ का वडा अध्यक्ष सुबाश अधिकारीको अध्यक्ष्यतामा सम्पन्न भएको कार्यक्रममा उपाध्यक्ष श्री देवराज धरेलको विशेष आतिथ्यता,सूचना अधिकारी एबं सूचना प्रबिधि अधिकृत सुरेश रिजाल,त्रिपुरासुन्दरी गाउँपालिका स्वास्थ्य संयोजक यम बहादुर श्रेष्ठ,वडा अध्यक्ष वडा नं ४ का कपिलदेव सिम्खंडा,वडा नं ६ का हरि बहादुर वि क,विभिन्न कर्मचारी, संघसंस्थाका प्रतिनिधिहरू,समाजसेवी, तथा स्थानीय बासिन्दाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

 

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
100%

0%

0%

0%

0%

अनि यो पनि

  • थप पढ्नुहोस् :
  • गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।

    यसमा प्रकाशित कुनै पनि सामग्रीहरु पुन:प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहोला।

    गुरास मिडिया हाउसद्वारा संचालित

    ओखर न्यूज डट कम, OkharNews.com

    कार्यालय: नीलकण्ठ न.पा.-३, धादिङबेशी, धादिङ

    Email: [email protected]

    सम्पर्क फोन: ९८४१६५६५४४

    सञ्‍चार रजिष्ट्ररको कार्यालय

    प्रेस काउन्सिल द.नं. - ४७२१/०८१-०८२

    सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं. - ००२८०/०८१-०८२

    अध्यक्ष तथा प्रबन्ध निर्देशक – सन्तोष श्रेष्ठ

    सम्पादक – अस्मिता कडवाल

    व्यवस्थापक – शारदा अधिकारी

    फोटो / सम्पादन – भिषण श्रेष्ठ