धादिङ जिल्लाको नीलकण्ठ नगरपालिका वडा नं.३ खुल्ला मञ्चमा आज ७ देखि ९ गते सम्म १५ औं धादिङ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ ।

‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नाराका साथ जिल्ला खेलकुद विकास समिति धादिङको आयोजना तथा नीलकण्ठ नगरपालिकाको व्यवस्थापकमा प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताको उद्घाटन समारोहमा विभिन्न विद्यालयका विद्यार्थीहरुले विभिन्न प्रस्तुति सहित मार्चपास गरेका थिए । विद्यार्थीहरुले आफ्नो विद्यालयको नाम सहितको ब्यानर र नेपालको राष्ट्रिय भण्डा लिएर मार्चपासमा सहभागिता जनाएका छन् । प्रतियोगितामा जिल्लाका १३ पालिकाबाट विभिन्न विद्यामा उत्कृष्ट भई करिब ९०० विद्यार्थी खेलाडीहरूको सहभागिता भएका छन् ।

आज एक औपचारिक कार्यक्रमका विच प्रतियोगिताको उद्घाटन गर्दै जिल्ला समन्वय समिति प्रमुख नवराज अधिकारीले खेलकुदले मानिसलाई स्वस्थ्य बनाउनुको साथसाथै अनुशासित बनाउने भएकाले मानवीय जिवनका लागि खेल अपरिहार्य रहेको र खेलकुदको समग्र विकास नगरीकन समग्र क्षेत्रमा अनुशासन कायम हुन सक्दैन मानवीय जिवनका लागि खेल अपरिहार्य रहेको बताउनुभयो ।

जिल्ला खेलकुद विकास समिति धादिङका अध्यक्ष प्रताप सिंह तामाङकाको सभापतित्वमा सम्पन्न उद्घाटन सत्रमा बोल्दै खेलकुद प्रतियोगिताले स्थानीय स्तर बाटै खेलाडीहरु उत्पादन गर्न सहयोग पुग्ने र खेलकुदकै माध्यमबाट पालिकालाई देश तथा विदेशमा चिनाउन सकिने र यस प्रतियोगिताबाट उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरू आगामी जेठ १ देखि ३ गतेसम्म सञ्चालन हुने बागमती प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने बताउनुभयो ।

प्रतियोगितामा छात्र र छात्रा तर्फ अलग अलग भलिबल, कबड्डी, एथ्लेटिक्स, मार्सल आर्ट हाइजम्प, लङजम्प, त्रिपलजम्प, ज्यावलिङ थ्रो, सटफुट, कराँते, खेलहरु समावेश गरिएको छ । कार्यक्रममा जनप्रतिनिधि ,विभिन्न राजनैतिक दलका प्रमुख,सुरक्षाकर्मी,सञ्चारकर्मीहरुकाे सहभागीता रहेको थियोे ।
गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।
पुन:प्रकाशन अघि अनुमति लिनुहोला।
सूचना
प्रेस काउन्सिल नेपाल द.नं. ४७२१-२०८१/०८२
सञ्चार रजिष्ट्रार द.नं. ००२७०/२०८१/०८२
अध्यक्ष – सन्तोष श्रेष्ठ
सम्पादक – अस्मिता कडवाल