धादिङको गल्छीबाट १९ किलोभन्दा बढी लागूऔषधसहित तीन पक्राउ

मंगलबार, बैशाख ८, २०८३

theme

धादिङ जिल्लाको गल्छी गाउँपालिका–७ बाट प्रहरीले ठूलो परिमाणमा लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ ।

 

 

राति करिब ११:३० बजे विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले १७ किलो ४१० ग्राम गाँजा र २ किलो ५० ग्राम चरेश जस्तो देखिने पदार्थसहित उनीहरूलाई नियन्त्रणमा लिएको हो । प्रहरी चौकी गल्छीबाट खटिएको टोलीले स्थानीय संगम श्रेष्ठ (३२) को घरमा बसिरहेको अवस्थामा बाँकेको कोहलपुर नगरपालिका–१० निवासी २१ वर्षीय छोटु भन्ने कला मुद्दिम अन्सारी र ३५ वर्षीय साहिद अलीलाई दुई वटा सुटकेससहित शंकास्पद अवस्थामा फेला पारेको थियो । त्यसपछि कानुनी प्रक्रिया पूरा गरी गरिएको खानतलासीका क्रममा सुटकेसभित्र १२ पोका गाँजा जस्तो देखिने पदार्थ तथा साहिद अलीले बोकेको कालो झोलाभित्र २ पोका चरेश जस्तो देखिने पदार्थ बरामद गरिएको प्रहरीले जनाएको छ ।

 

 

खानतलासीकै क्रममा उनीहरूको साथबाट नगद रु. १६ हजार र दुई थान मोबाइल फोन समेत बरामद भएको छ । बरामद लागूऔषध तौल गर्दा १७ किलो ४१० ग्राम गाँजा र २ किलो ५० ग्राम चरेश जस्तो देखिने पदार्थ रहेको पुष्टि भएको प्रहरीले जानकारी दिएको छ ।

 

 

घटनापछि संगम श्रेष्ठ, साहिद अली र कला मुद्दिम अन्सारीलाई पक्राउ गरी लागू औषध नियन्त्रण ऐन, २०३३ अन्तर्गत मुद्दा दायर गरिएको छ । यस सम्बन्धमा थप अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

अनि यो पनि

  • थप पढ्नुहोस् :
  • गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।

    पुन:प्रकाशन अघि अनुमति लिनुहोला।

    गुरास मिडिया हाउस

    ओखर न्यूज डट कम

    धादिङबेशी, धादिङ

    Email: [email protected]

    फोन: ९८४१६५६५४४

    सूचना

    प्रेस काउन्सिल नेपाल द.नं. ४७२१-२०८१/०८२

    सञ्चार रजिष्ट्रार द.नं. ००२७०/२०८१/०८२

    अध्यक्ष – सन्तोष श्रेष्ठ

    सम्पादक – अस्मिता कडवाल