धादिङमा १५औं राष्ट्रपति रनिङ शिल्ड सम्पन्न,२० स्वर्णसहित नीलकण्ठ प्रथम, रुबीभ्याली दोस्रो र गजुरी तेस्रो

बुधबार, बैशाख ९, २०८३

theme

धादिङ जिल्लाको नीलकण्ठ नगरपालिका वडा नं.३ खुल्ला मञ्चमा सम्पन्न १५औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि नीलकण्ठ नगरपालिकाले २० स्वर्ण पदक जित्दै प्रथम स्थान हासिल गर्दै लगातार चौथो पटक उपाधि उचाल्न सफल भएको हो ।

 

 

प्रतियोगितामा रुबीभ्याली गाउँपालिकाले ९ स्वर्णसहित दोस्रो स्थान हासिल गर्दा गजुरी गाउँपालिकाले ८ स्वर्णसहित तेस्रो स्थानमा चित्त बुझाएको छ । बैशाख ७ गतेदेखि सुरु भएको प्रतियोगिता आज एक भव्य समारोहका बीच समापन गरिएको हो । पदक तालिका अनुसार नीलकण्ठ नगरपालिकाले २० स्वर्ण, ९ रजत र ९ कास्य पदक जितेको छ। यस्तै रुबीभ्याली गाउँपालिकाले ९ स्वर्ण, २ रजत र १ कास्य तथा गजुरी गाउँपालिकाले ८ स्वर्ण, ९ रजत र ७ कास्य पदक जितेका छन्। ज्वालामुखी गाउँपालिकाले ५ स्वर्ण, ५ रजत र ९ कास्य, थाक्रे गाउँपालिकाले ४ स्वर्ण, ५ रजत र ७ कास्य तथा त्रिपुरासुन्दरी गाउँपालिकाले ३ स्वर्ण, ७ रजत र ५ कास्य पदक जितेका छन् ।

 

 

त्यसैगरी गल्छी गाउँपालिकाले १ स्वर्ण, ६ रजत र १२ कास्य, सिद्धलेक गाउँपालिकाले १ स्वर्ण, ७ रजत र ३ कास्य तथा धुनिबेसी नगरपालिकाले १ स्वर्ण, २ रजत र ९ कास्य पदक जितेका छन्। नेत्रावती डवजोङ गाउँपालिकाले १ स्वर्ण, १ रजत र १ कास्य, गंगाजमुना गाउँपालिकाले १ स्वर्ण र २ कास्य, बेनिघाट रोराङ गाउँपालिकाले १ कास्य तथा खनियाबास गाउँपालिकाले ५ कास्य पदक जितेका छन् ।

 

 

समापन तथा पुरस्कार वितरण समारोह जिल्ला खेलकुद विकास समिति धादिङका अध्यक्ष प्रतापसिंह तामाङको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा प्रमुख अतिथिका रूपमा भीम प्रसाद ढुङ्गाना तथा विशेष अतिथिका रूपमा परशुराम खतिवडा र गणेशलाल श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

 

 

प्रतियोगितामा जिल्लाका १३ वटै स्थानीय तहबाट छनोट भएर आएका खेलाडी विद्यार्थीहरूको सहभागिता रहेको थियो ।  जिल्लाबाट छनोट भएका उत्कृष्ट खेलाडीहरूले अब जेष्ठ १ गतेदेखि सञ्चालन हुने बागमती प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागिता जनाउने छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

अनि यो पनि

  • थप पढ्नुहोस् :
  • गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।

    पुन:प्रकाशन अघि अनुमति लिनुहोला।

    गुरास मिडिया हाउस

    ओखर न्यूज डट कम

    धादिङबेशी, धादिङ

    Email: [email protected]

    फोन: ९८४१६५६५४४

    सूचना

    प्रेस काउन्सिल नेपाल द.नं. ४७२१-२०८१/०८२

    सञ्चार रजिष्ट्रार द.नं. ००२७०/२०८१/०८२

    अध्यक्ष – सन्तोष श्रेष्ठ

    सम्पादक – अस्मिता कडवाल