धादिङमा ४७ उम्मेदवारमध्ये २ जनाले अझै बुझाएनन् निर्वाचन खर्च विवरण

बिहीबार, बैशाख १०, २०८३

theme

गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा धादिङ जिल्लाका दुई वटै निर्वाचन क्षेत्रबाट उम्मेदवार बनेका ४७ जनामध्ये २ जनाले अझै चुनावी खर्चको विवरण बुझाएका छैनन् ।

 

 

जिल्ला निर्वाचन कार्यालय धादिङका अनुसार  विभिन्न राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवार गरी कुल ४७ जनाले उम्मेदवारी दर्ता गराएका थिए । तीमध्ये हालसम्म ४५ जनाले मात्र आफ्नो खर्च विवरण समयमै पेश गरेका छन् भने बाँकी २ जना उम्मेदवार अझै सम्पर्कमा नआएको कार्यालयले जनाएको छ । निर्वाचन परिणाम घोषणा भएको ३५ दिन भित्र सबै उम्मेदवारले खर्च विवरण बुझाउनु पर्ने भएता पनि प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ बाट प्रगतिशिल लोकतान्त्रिक पार्टीका उम्मेदवार राजन प्रसाद रेग्मी र स्वतन्त्र उम्मेदवार निरन्जन संजेलले  विवरण बुझाउन बाँकी छ । उनीहरु दुबैजना धादिङ प्रतिनिधि सभा क्षेत्रनं १ बाट प्रतिनिधि सभासदस्य पदका उम्मेदवार थिए । 

 

 

धादिङका दुवै निर्वाचन क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार विजयी भएका थिए। क्षेत्र नम्बर १ बाट आशिका तामाङ निर्वाचित भएकी थिइन् भने क्षेत्र नम्बर २ बाट बोध नारायण श्रेष्ठ निर्वाचित भएका थिए।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
100%

0%

0%

0%

0%

अनि यो पनि

  • थप पढ्नुहोस् :
  • गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।

    पुन:प्रकाशन अघि अनुमति लिनुहोला।

    गुरास मिडिया हाउस

    ओखर न्यूज डट कम

    धादिङबेशी, धादिङ

    Email: [email protected]

    फोन: ९८४१६५६५४४

    सूचना

    प्रेस काउन्सिल नेपाल द.नं. ४७२१-२०८१/०८२

    सञ्चार रजिष्ट्रार द.नं. ००२७०/२०८१/०८२

    अध्यक्ष – सन्तोष श्रेष्ठ

    सम्पादक – अस्मिता कडवाल