बुढाथुममा दुई दिने बृहत् निःशुल्क स्वास्थ्य शिविर हुने

बिहीबार, बैशाख १०, २०८३

theme

जनस्वास्थ्य कार्यालय धादिङको आयोजनामा र गङाजमुना गाउँपालिकाको सहकार्यमा बुढाथुम स्वास्थ्य चौकीमा दुई दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ ।

 

 

गङाजमुना गाउँपालिका–७ स्थित बुढाथुम स्वास्थ्य चौकीमा यहि बैशाख १३ र १४ गते बिहान १० बजेदेखि सञ्चालन हुने बृहत् एकीकृत जनस्वास्थ्य तथा पोषण प्रवर्द्धन अभियानअन्तर्गत निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ ।शिविरमा उपलब्ध हुने प्रमुख सेवाहरूमा आयुर्वेद तथा वैकल्पिक चिकित्सा सेवा, हाडजोर्नी तथा नसारोग सम्बन्धी उपचार, महिलाहरूका लागि पाठेघरको मुखको क्यान्सर पहिचान (VIA परीक्षण सहित), बालरोग विशेषज्ञ सेवा, आँखाको परीक्षण तथा उपचार, नसर्ने रोगहरूको स्क्रिनिङ लगायतका सेवा समावेश छन् । त्यसैगरी दन्त रोग उपचार, भिडियो एक्स–रे तथा ईसीजी सेवा, पोषणसम्बन्धी परामर्श, नाक–कान–घाँटी (ENT) सेवा, जनरल सर्जरी सेवा समेत उपलब्ध गराइनेछ। शिविरमा निःशुल्क वृहत् परिवार नियोजन सेवा तथा स्थायी बन्ध्याकरणसहित स्याटलाइट क्लिनिक पनि सञ्चालन हुने जनस्वास्थ्य कार्यालय धादिङले जनाएको छ ।

 

 

शिविरको उद्घाटन बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा मगरको प्रमुख आतिथ्यमा सम्पन्न हुने जनाइएको छ । प्राविधिक सहयोग काठमाडौँ मेडिकल कलेज (KMC), धादिङ अस्पताल, आयुर्वेद तथा वैकल्पिक चिकित्सालय धादिङ र तिलगंगा आँखा प्रतिष्ठान लगायत संस्थाहरूले गर्नेछन् ।

 

 

स्वास्थ्य सेवाबाट वञ्चित ग्रामीण क्षेत्रका नागरिकलाई सहज, गुणस्तरीय र निःशुल्क सेवा प्रदान गर्ने उद्देश्यले शिविर आयोजना गरिएको जनस्वास्थ्य कार्यालय धादिङले जनाएको छ ।  स्थानीयवासीलाई सेवा लिन समयमै उपस्थित हुन आग्रह गरिएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

अनि यो पनि

  • थप पढ्नुहोस् :
  • गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।

    पुन:प्रकाशन अघि अनुमति लिनुहोला।

    गुरास मिडिया हाउस

    ओखर न्यूज डट कम

    धादिङबेशी, धादिङ

    Email: [email protected]

    फोन: ९८४१६५६५४४

    सूचना

    प्रेस काउन्सिल नेपाल द.नं. ४७२१-२०८१/०८२

    सञ्चार रजिष्ट्रार द.नं. ००२७०/२०८१/०८२

    अध्यक्ष – सन्तोष श्रेष्ठ

    सम्पादक – अस्मिता कडवाल