सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यममा मात्र प्रकाशन तथा प्रसारण गर्ने निर्णय खारेज गर्न पत्रकार महासंघ धादिङबाट प्रधानमन्त्रीलाई ज्ञापनपत्र

बिहीबार, बैशाख १०, २०८३

theme

सरकारले सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यममा मात्र प्रकाशन तथा प्रसारण गर्ने निर्णयप्रति असहमति जनाउँदै महासंघले बिहीबार धादिङका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो । 

 

 

धादिङ, नेपाल पत्रकार महासंघ धादिङले सरकारी विज्ञापन वितरणसम्बन्धी निर्णयप्रति गम्भीर आपत्ति जनाउँदै तत्काल खारेज गर्न माग गरेको छ । महासंघका अध्यक्ष सीताराम अधिकारीद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा २०८२ चैत १८ गते गरिएको सचिवस्तरीय निर्णयले निजी तथा सामुदायिक सञ्चारमाध्यमप्रति स्पष्ट विभेद र अन्याय गरेको उल्लेख गरिएको छ ।महासंघका अनुसार सरोकारवाला निकायहरूसँग आवश्यक परामर्श नगरी गरिएको उक्त निर्णयले बहुलवादी सञ्चार संरचनालाई कमजोर बनाउने, स्वतन्त्र पत्रकारितामाथि आघात पु¥याउने तथा लोकतान्त्रिक मूल्य–मान्यतामाथि गम्भीर प्रश्न उठाएको छ। ज्ञापनपत्रमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको अन्तर्राष्ट्रिय मान्यता, नेपालको संविधानले सुनिश्चित गरेको प्रेस स्वतन्त्रता, सूचनाको हक र सञ्चारको हकविपरीत निर्णय गरिएको उल्लेख गरिएको छ ।

 

 

यसअघि चैत २३ गते सञ्चार तथा सूचना प्रविधि मन्त्रीसमक्ष पनि ज्ञापनपत्र बुझाइएको भए पनि हालसम्म समस्या समाधानतर्फ सरकार उदासीन देखिएको भन्दै महासंघले चिन्ता व्यक्त गरेको छ । महासंघले उक्त निर्णय तत्काल खारेज गरी तीनै तहका सरकारबाट प्रवाह हुने विज्ञापनलाई सबै सञ्चारमाध्यममा समानुपातिक रूपमा वितरण गर्ने स्पष्ट नीति बनाउन माग गरेको छ ।

 

 

विज्ञापन वितरण प्रणालीलाई पारदर्शी, समावेशी र न्यायोचित बनाउँदै चुहावट नियन्त्रण गर्न र श्रमजीवी पत्रकारहरूको पारिश्रमिक तथा सुरक्षाको प्रत्याभूति गर्न सरकारको ध्यानाकर्षण गराइएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

अनि यो पनि

  • थप पढ्नुहोस् :
  • गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।

    यसमा प्रकाशित कुनै पनि सामग्रीहरु पुन:प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहोला।

    गुरास मिडिया हाउसद्वारा संचालित

    ओखर न्यूज डट कम, OkharNews.com

    कार्यालय: नीलकण्ठ न.पा.-३, धादिङबेशी, धादिङ

    Email: [email protected]

    सम्पर्क फोन: ९८४१६५६५४४

    सञ्‍चार रजिष्ट्ररको कार्यालय

    प्रेस काउन्सिल द.नं. - ४७२१/०८१-०८२

    सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं. - ००२८०/०८१-०८२

    अध्यक्ष तथा प्रबन्ध निर्देशक – सन्तोष श्रेष्ठ

    सम्पादक – अस्मिता कडवाल

    व्यवस्थापक – शारदा अधिकारी

    फोटो / सम्पादन – भिषण श्रेष्ठ