सूर्यज्याेती लाइफ इन्स्योरेन्स धादिङ शाखाकाे १८औँ वार्षिकाेत्सवमा शुभकामना आदानप्रदान

शुक्रबार, बैशाख ११, २०८३

theme

सूर्यज्याेती लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड को १८औँ वार्षिक उत्सवका अवसरमा धादिङ शाखाले शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरी उत्साहका साथ मनाएको छ ।

 

 

शाखाद्वारा आयोजित कार्यक्रममा कम्पनीप्रति विश्वास राख्ने सेवाग्राही, अभिकर्ता तथा सरोकारवालाहरूसँग खुसी साटासाट गर्दै वार्षिकोत्सव मनाइएको हो । कार्यक्रममा शाखा प्रमुख जीवन सिलवालले कम्पनीको समग्र उपलब्धि र सेवाबारे जानकारी गराउँदै हालसम्म ३६ लाख ५१ हजार ७०१ वटा बीमा पोलिसी जारी भइसकेको बताए । त्यस्तै कम्पनीले १७ प्रकारका बीमा योजना सञ्चालनमा ल्याएको र ३५ प्रकारका घातक रोगसम्बन्धी उपचार सुविधा उपलब्ध गराउँदै आएको जानकारी दिए । उनका अनुसार कम्पनीसँग देशभर १ लाख ७ हजार ७०९ भन्दा बढी अभिकर्ता आवद्ध रहेका छन्, जसले बीमा पहुँच विस्तारमा महत्वपूर्ण भूमिका खेलेका छन् ।

 

​​​​​​​

 

कम्पनीको आर्थिक तथा संस्थागत अवस्थाबारे जानकारी दिँदै उनले हाल कम्पनीको चुक्ता पूँजी ५ अर्ब १ करोड रुपैयाँ रहेको, कुल लगानी ५१ अर्ब २० करोड रुपैयाँ पुगेको तथा जीवन बीमा कोष ४६ अर्ब १७ करोड रुपैयाँ रहेको उल्लेख गरे । साथै कम्पनीले देशभर १७६ शाखामार्फत सेवा प्रदान गर्दै आएको जानकारी पनि दिए । नेपाल पत्रकार महासंघका अध्यक्ष सीताराम अधिकारीले विमाकाे सेवा नागरिकसम्म पुर्याएर विमाबारे सचेतना समेत अभिवृद्धि गरेकाेमा सूर्यज्याेती लाइफ इन्स्योरेन्सलाई बधाई र वार्षिकोत्सबकाे शुभकामना दिनुभयाे ।

 

​​​​​​​

 

कार्यक्रममा सहभागीहरूले बीमाप्रति जनचेतना अभिवृद्धि गर्दै अझ प्रभावकारी सेवा विस्तार गर्नुपर्नेमा जोड दिएका थिए । साथै आगामी दिनमा पनि सेवाग्राहीमैत्री योजना र प्रविधिमैत्री सेवा मार्फत कम्पनीलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरिएको थियो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

अनि यो पनि

  • थप पढ्नुहोस् :
  • गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।

    पुन:प्रकाशन अघि अनुमति लिनुहोला।

    गुरास मिडिया हाउस

    ओखर न्यूज डट कम

    धादिङबेशी, धादिङ

    Email: [email protected]

    फोन: ९८४१६५६५४४

    सूचना

    प्रेस काउन्सिल नेपाल द.नं. ४७२१-२०८१/०८२

    सञ्चार रजिष्ट्रार द.नं. ००२७०/२०८१/०८२

    अध्यक्ष – सन्तोष श्रेष्ठ

    सम्पादक – अस्मिता कडवाल