“स्वच्छ शहर, धादिङबासीको रहर” भन्ने नाराका साथ टोल विकास संस्था महासंघ, धादिङको पाँचौँ वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशन धादिङबेसीमा सम्पन्न भएको छ ।

अधिवेशनमा नीलकण्ठ नगरपालिका क्षेत्रका ३७ वटा टोल विकास संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो। साधारण सभाले संस्थाको वार्षिक प्रगति तथा आर्थिक प्रतिवेदन पारित गरेको छ। साथै, उत्कृष्ट कार्यसम्पादन गर्दै आएको सुन्दर बस्ती टोल विकास संस्थालाई सम्मान गरिएको थियो ।

उद्घाटन सत्रमा नीलकण्ठ नगरपालिकाका नगर प्रमुख भीमप्रसाद ढुंगानाले टोल विकास संस्था महासंघ र नगरपालिका एकअर्काका परिपूरक भएकाले आपसी समन्वय, सहकार्य र साझेदारीमा कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिए । त्यसैगरी नीलकण्ठ नगर खानेपानी, सरसफाइ तथा स्वच्छता बोर्डका अध्यक्ष शिव अधिकारी, धादिङबेसी खानेपानी तथा मूल उपभोक्ता समितिका अध्यक्ष राजेन्द्र अधिकारी, नीलकण्ठ नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष हरि बहादुर श्रेष्ठ, महासंघका पूर्व अध्यक्ष कुमार बहादुर कार्की लगायतले नगर क्षेत्रभित्र सहज खानेपानी आपूर्ति, सरसफाइ तथा व्यवस्थित शहरीकरणका लागि सहकार्य आवश्यक रहेको धारणा राखे ।

अधिवेशनबाट नरबहादुर श्रेष्ठको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ। समितिको वरिष्ठ उपाध्यक्षमा सन्तोष श्रेष्ठ, महिला उपाध्यक्षमा ईश्वरी श्रेष्ठ, महासचिवमा काजीमान रोक्का, सचिवमा राजन कोइराला र कोषाध्यक्षमा प्रेमनारायण श्रेष्ठ चयन भएका छन् । यस्तै सदस्यहरूमा नेमबहादुर श्रेष्ठ, दीपककुमार भण्डारी, गुणप्रसाद सापकोटा, गीता अधिकारी, चमेली बगाले काप्री, भगवती खनाल र मिना अर्याल श्रेष्ठ रहेका छन् ।

कार्यक्रमका सहभागीहरूले टोल स्तरमा हुने विकास निर्माण, सरसफाइ तथा सामाजिक सद्भाव कायम राख्न टोल विकास संस्थाहरूको भूमिका महत्वपूर्ण रहेकोमा जोड दिएका थिए । साथै, अधिवेशनले महासंघलाई अझ संगठित र प्रभावकारी बनाउने विश्वास व्यक्त गरिएको छ ।

गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।
पुन:प्रकाशन अघि अनुमति लिनुहोला।
सूचना
प्रेस काउन्सिल द.नं. - ४७२१
अध्यक्ष – सन्तोष श्रेष्ठ
सम्पादक – अस्मिता कडवाल