गंगाजमुना गाउँपालिकामा एकीकृत स्वास्थ्य स्वास्थ्य शिविर सम्पन्न,अस्पताल उद्घाटन र अनुगमन

सोमबार, बैशाख १४, २०८३

theme

धादिङको उत्तरी क्षेत्रमा अवस्थित गंगाजमुना गाउँपालिकाको अस्पताल भवन उद्घाटन तथा स्वास्थ्य केन्द्रको अनुगमन कार्य सम्पन्न सम्पन्न भएका छन् ।

 

 

किरण थापाको प्रमुख आतिथ्यतामा गंगाजमुना गाउँपालिकाका वडा नम्बर ५ मा नवनिर्मित गंगाजमुना आधारभूत अस्पतालको नयाँ भवन उद्घाटन गर्नुभयो ।  उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले दुर्गम क्षेत्रका नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच विस्तार गर्नु प्रदेश सरकारको प्राथमिकता रहेको बताउनुभयो ।  गाउँमै अस्पताल स्थापना भएसँगै स्थानीयलाई उपचारमा सहजता हुने विश्वास व्यक्त गर्दै उहाँले सेवा गुणस्तर अभिवृद्धिमा जोड दिनुभयो । यसै क्रममा मन्त्री थापाले सल्यानटार प्राथमिक स्वास्थ्य केन्द्रको अनुगमन तथा निरीक्षण समेत गर्नुभएको थियो । स्वास्थ्य शाखा प्रमुख दिपक अधिकारीका अनुसार गाउँपालिकाले २०७६ सालदेखि एमबीबीएस डाक्टरमार्फत निरन्तर स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको छ ।

 

 

गाउँपालिकाको वडा नम्बर ७ स्थित बुढाथुम स्वास्थ्य चौकीमा एकीकृत जनस्वास्थ्य तथा प्रवर्द्धन अभियान अन्तर्गत पोषण बृहत् स्वास्थ्य शिविर सञ्चालन गरिएको थियो ।  समुदायस्तरमै विशेषज्ञ स्वास्थ्य सेवा पुर्‍याउने उद्देश्यले आयोजित उक्त शिविरबाट ५०८ जना स्थानीय नागरिक प्रत्यक्ष लाभान्वित भएका छन् ।  शिविरमा नागरिकहरूको पोषण अवस्था परीक्षण, स्वास्थ्य जाँच तथा सचेतनामूलक परामर्श प्रदान गरिएको थियो ।

 

 

गंगाजमुना गाउँपालिकाका अध्यक्ष भक्त बहादुर लामाले पहिलो आधार नै स्वास्थ्य भएकाले स्वस्थ नागरिक तयारका लागि स्वास्थ्यलाई विशेष प्राथमिकतामा राखेर अगाडि बढिरहेको उहाँले बताउनुभयो । दुर्गम भेगमा आधारभूत अस्पतालको आफ्नै भवन निर्माण भएसँगै अब सेवा थप व्यवस्थित र प्रभावकारी हुने उल्लेख गर्नुभयो । धादिङ जिल्लामै स्थानीय तहमा चिकित्सक राखेर सेवा सुरु गर्ने पहिलो पालिका गंगाजमुना भएको उहाँले बताउनुभयो ।

 

 

वडा नम्बर ५ का अध्यक्ष कुमार बहादुर अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जनप्रतिनिधि, स्वास्थ्यकर्मी, कर्मचारी तथा स्थानीयवासीको उल्लेख्य उपस्थिति रहेको थियो ।

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

अनि यो पनि

  • थप पढ्नुहोस् :
  • गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।

    पुन:प्रकाशन अघि अनुमति लिनुहोला।

    गुरास मिडिया हाउस

    ओखर न्यूज डट कम

    धादिङबेशी, धादिङ

    Email: [email protected]

    फोन: ९८४१६५६५४४

    सूचना

    प्रेस काउन्सिल द.नं. - ४७२१

    अध्यक्ष – सन्तोष श्रेष्ठ

    सम्पादक – अस्मिता कडवाल