“नेत्रावती डबजोङको अभियान, जनतामुखी प्रशासन, समृद्धि र सुशासन” भन्ने नारासहित धादिङको नेत्रावती डबजोङ गाउँपालिका महिलालाई आत्म निर्भर बनाउन निःशुल्क दुई महिने सिलाइ–कटाइ तालिम सुरु गरिएको छ ।

गाउँपालिका– १ मार्पाकमा २०८३ असार १२ गते बाट सुरु गरिएको उक्त तालिममा महिलालाई सीपमूलक तालिममार्फत आत्मनिर्भर बनाउने उद्देश्यले गाउँपालिकाले कार्यक्रम सञ्चालन गरेको हो । तालिमले स्थानीय महिलामा सीप विकास गर्दै रोजगारी तथा आयआर्जनका अवसर सिर्जना गर्ने अपेक्षा गरिएको छ ।
तालिमको उद्घाघटन गर्दै गाउँपालिकाका अध्यक्ष मेघनाथ रिजालले हामी सबैसँग कुन नै कुनै क्षमता छ, आँफूसँग भएको क्षमतालाई सकारात्मक पाटोमा प्रयोग गरेर आर्थिक विकासतर्फ लाग्नुपर्ने छ । उहाँले दुई महिना अवधिको यस तालिमलाई व्यवसायिक रुपमा अघि वढ्ने लक्ष्य वनाएर सीप सिक्न आग्रह गर्दै सिकेको सीपलाई दैनिक ब्यवहारमा लागू गरी आर्थिक उपार्जन गर्न सुझाव दिनुभयो ।

उपाध्यक्ष सितामाया चोदेनले महिला महिलाहरुमा अनुशासन, लगनशिल, सहनशिल क्षमता बढी हुने भएकाले उनिहरुलाई दुई महिना अवधिको यस तालिमलाई व्यवसायिक रुपमा अघि वढ्ने लक्ष्य वनाएर सीप सिक्न आग्रह गर्दै सिकेको सीपलाई दैनिक ब्यवहारमा लागू गरी आर्थिक उपार्जन गर्न सुझाव दिनुभयो ।
गाउँपालिका प्रवक्ता एवं वडा नं. १ का अध्यक्ष ठाकुर गुरुङ अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै सिलाई कटाई तालिम जीवन उपयोगी हुने भएकोले दुई महिना सम्म लगनशीलताका साथ सिक्न सहभागीहरुलाई आग्रह गर्नुभयो । श्रम र सिपले आय आर्जन गर्न सकिने भएकाले सिप हुने मानिस जहिले पनि समाजमा सम्मानित हुने उहाँको भनाई रहेको छ ।

गाउँपालिकाले स्थानीय आवश्यकता अनुसार यस्ता तालिमहरूलाई निरन्तरता दिने योजना रहेको छ । तालिममा २० जना महिलाहरुको सहभागिता रहेको आयोजक संस्थाले जनाएको छ ।
गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।
पुन:प्रकाशन अघि अनुमति लिनुहोला।
सूचना
प्रेस काउन्सिल नेपाल द.नं. ४७२१-२०८१/०८२
सञ्चार रजिष्ट्रार द.नं. ००२७०/२०८१/०८२
अध्यक्ष – सन्तोष श्रेष्ठ
सम्पादक – अस्मिता कडवाल