मुरलीभन्ज्याङमा निःशुल्क महिला स्वास्थ्य शिविर, ८६ जनाले लिए सेवा

सोमबार, बैशाख १४, २०८३

theme

नीलकण्ठ नगरपालिका वडा नम्बर–८ मुरली भन्ज्याङमा नीलकण्ठ नगरपालिकाको स्वास्थ्य शाखाको आयोजना तथा मण्डली महिला विकास सहकारी संस्थाको समन्वयमा निःशुल्क  स्वास्थ्य परीक्षण गरिएको छ ।

 

 

ग्रामीण क्षेत्रमा महिलाहरूको प्रजनन स्वास्थ्यसम्बन्धी समस्यालाई लक्षित गर्दै सञ्चालन गरिएको उक्त शिविरमा ८६ जना महिलाहरूले स्वास्थ्य परीक्षण गराएका छन् । शिविरमा पाठेघर खस्ने समस्या (युटेरिन प्रोल्याप्स), पाठेघरको मुखको क्यान्सर पहिचानका लागि VIA परीक्षण, स्तन क्यान्सर परीक्षण, अब्स्टेटिक फिस्टुला लगायत विभिन्न महिला स्वास्थ्यसम्बन्धी परीक्षण तथा परामर्श सेवा प्रदान गरिएको नीलकण्ठ नगरपालिका जनस्वास्थ्य अधिकृत विष्णु प्रसाद रिजालले जानकारी दिए । 

 

 

 

कार्यपालिका सदस्य मञ्जु मगरले महिला स्वास्थ्यसम्बन्धी जनचेतना अभिवृद्धि गर्दै समयमै परीक्षण र उपचार गराउने बानी विकास गर्न आवश्यक रहेको र घर, समाज र देशको जीवनस्तर उकास्नको लागि महिलाको स्वास्थ्यलाई सुधार गर्नुपर्नेमा जोड दिदै यस्ता शिविर सञ्चालन गर्न नगरपालिकाले सहयोग गर्दै आएको जानकारी दिइन् ।

 

 

गाउँमै निःशुल्क रूपमा गुणस्तरीय स्वास्थ्य सेवा पाएकोमा खुसी व्यक्त गरेका थिए । उनीहरूले यस्ता कार्यक्रम नियमित रूपमा सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याएका छन् । विशेषज्ञ स्वास्थ्यकर्मीहरूको टोलीले सहभागी महिलाहरूको स्वास्थ्य अवस्थाको विस्तृत जाँच गर्नुका साथै आवश्यक परामर्श र सचेतनामूलक जानकारी पनि प्रदान गरेको थियो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

अनि यो पनि

  • थप पढ्नुहोस् :
  • गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।

    पुन:प्रकाशन अघि अनुमति लिनुहोला।

    गुरास मिडिया हाउस

    ओखर न्यूज डट कम

    धादिङबेशी, धादिङ

    Email: [email protected]

    फोन: ९८४१६५६५४४

    सूचना

    प्रेस काउन्सिल द.नं. - ४७२१

    अध्यक्ष – सन्तोष श्रेष्ठ

    सम्पादक – अस्मिता कडवाल