शिक्षा विकासका लागि सहकार्य आवश्यक: मन्त्री तिमिल्सिना

बुधबार, फाल्गुण २१, २०८१

theme

लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले शिक्षाको विकासका लागि शिक्षा क्षेत्रमा कार्यरत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ-संस्थाहरू एकजुट हुनुपर्ने बताउनु भएको छ । 

मन्त्री तिमिल्सिनाले शिक्षालाई सर्वसुलभ, गुणस्तरीय र सबैको पहुँचभित्र पुर्‍याउन साझा प्रयास आवश्यक रहेको उल्लेख गर्नुभयो । कपिलवस्तुको चन्द्रौटास्थित सिद्धार्थ लुम्बिनी ग्रीन रिसोर्टमा आयोजित "दिगो तथा सम्मानित रोजगारिका लागि सिप परियोजना - दोस्रो चरणको अर्ध-वार्षिक प्रगति समीक्षा तथा वार्षिक योजना तर्जुमा कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री तिमिल्सिनाले शिक्षा प्रत्येक नागरिकको मौलिक हक भएकाले यसको सुनिश्चितताका लागि तीन तहका सरकार, शिक्षा संस्थाहरू तथा विकास साझेदार संस्थाहरूबीच सहकार्य अनिवार्य रहेको बताउनु भयो । 

उहाले शिक्षा क्षेत्रलाई आर्थिक, भौतिक र प्रविधिसँग जोडेर अघि बढाउनुपर्नेमा पनि जोड दिनुभयो । "गुणस्तरीय शिक्षाको अभावमा कुनै पनि समाजले विकास गर्न सक्दैन । त्यसैले शिक्षालाई प्राथमिकतामा राखेर आवश्यक नीति तथा कार्यक्रम ल्याउनुपर्छ," मन्त्री तिमिल्सिनाले भने।

कार्यक्रम ENSURE परियोजना र Helvetas Nepal को संयुक्त आयोजनामा सम्पन्न भएको थियो । कार्यक्रममा लुम्बिनी प्रदेशका विभिन्न जिल्लाका शिक्षा इकाई प्रमुख, स्थानीय तहका शिक्षा प्रमुख, नीति निर्माता तथा अन्य सरोकारवालाहरूको सहभागिता रहेको थियो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

अनि यो पनि

  • थप पढ्नुहोस् :
  • गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।

    पुन:प्रकाशन अघि अनुमति लिनुहोला।

    गुरास मिडिया हाउस

    ओखर न्यूज डट कम

    धादिङबेशी, धादिङ

    Email: [email protected]

    फोन: ९८४१६५६५४४

    सूचना

    प्रेस काउन्सिल नेपाल द.नं. ४७२१-२०८१/०८२

    सञ्चार रजिष्ट्रार द.नं. ००२७०/२०८१/०८२

    अध्यक्ष – सन्तोष श्रेष्ठ

    सम्पादक – अस्मिता कडवाल