काठमाडौँका १९ सुकुम्वासी बस्ती हटाइँदा १५ हजारभन्दा बढी विस्थापित

शुक्रबार, बैशाख २५, २०८३

theme

काठमाडौँ महानगर क्षेत्रका विभिन्न स्थानमा रहेका १९ वटा सुकुम्वासी बस्ती खाली गराउने क्रममा १५ हजार ३ सय १६ जना विस्थापित भएका छन्  ।

 

 

जिल्ला प्रशासन कार्यालय काठमाडौँका अनुसार विस्थापित हुनेमध्ये ६ हजार ८५८ पुरुष, ५ हजार ३२५ महिला, १ हजार ४३७ बालक र १ हजार ६९६ बालिका रहेका छन् । थापाथली, गैरीगाउँ, मनोहरा, कालोपुल, बल्खु, वंशीघाट, शङ्खमूल, कालीमाटी, बालाजु, स्वयम्भू, गौशाला, धोबीखोला, तेन्जिङचोक, कृष्ण मन्दिर, कपन तथा साततलेलगायत क्षेत्रमा रहेका सुकुम्वासी बस्ती हटाएको जनाएको छ ।

 

 

सङ्घीय सरकारले स्थानीय पालिकासँग समन्वय गर्दै यही वैशाख १२ गतेदेखि डोजर प्रयोग गरी बस्ती हटाउने अभियान सुरु गरेको हो । हालसम्म २ हजार ६८७ घरटहरामा डोजर चलाइएको प्रशासनले जनाएको छ । तथ्याङ्कअनुसार हटाइएका घरमध्ये ८९० वटा पक्की र १ हजार ७९७ वटा कच्ची घर रहेका छन् ।

 

 

बस्ती हटाइएसँगै प्रभावित परिवारहरूको बसोबास, जीविकोपार्जन र बालबालिकाको शिक्षामा असर पर्ने चिन्ता बढेको छ । मानवअधिकारकर्मी तथा स्थानीयवासीहरूले वैकल्पिक व्यवस्थाबिना बस्ती हटाउँदा मानवीय समस्या सिर्जना भएको बताएका छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

अनि यो पनि

  • थप पढ्नुहोस् :
  • गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।

    पुन:प्रकाशन अघि अनुमति लिनुहोला।

    गुरास मिडिया हाउस

    ओखर न्यूज डट कम

    धादिङबेशी, धादिङ

    Email: [email protected]

    फोन: ९८४१६५६५४४

    सूचना

    प्रेस काउन्सिल द.नं. - ४७२१

    अध्यक्ष – सन्तोष श्रेष्ठ

    सम्पादक – अस्मिता कडवाल