धादिङ जिल्लामा माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ को प्रारम्भिक नतिजाअनुसार ६८.४६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।

शिक्षा विकास तथा समन्वय इकाइ धादिङका अनुसार यस वर्ष जिल्लाका २३ विद्यालयले शतप्रतिशत नतिजा निकाल्न सफल भएका छन् । तीमध्ये १३ वटा सामुदायिक तथा १० वटा संस्थागत विद्यालय रहेका छन् । सामुदायिक १ सय ३४,संस्थागत १८ र प्राईभेट २ वटा बिद्यालय एसईईमा सहभागि हुँदा धादिङबाट ५ हजार हजार ४ सय ७५ विद्यार्थी जसमा नियमिततर्फ ४ हजार ३ सय ४७, प्राविधिकतर्फ १ सय ६४, ग्रेड वृद्धितर्फका ९ सय ३२ र खुल्ला तर्फ ३२ जना विद्यार्थी मध्ये २ हजार ९ सय ७ जना विद्यार्थी ग्रेडेड भएका छन् भने १ हजार ३ सय ३९ जना ननग्रेडेड भएका हुन् ।

सबैभन्दा धेरै निलकण्ठ बालमन्दिर माध्यमिक विद्यालय बाट ४ जना विद्यार्थीले ४ जिपिए ल्याएका छन् । विद्यालयका दिप्सन छत्कुली, विपसा सुवेदी, नविना श्रेष्ठ र प्रशंसा गुरुङले उत्कृष्ट नतिजा निकाल्न सफल भएका हुन् । त्यसैगरी आदर्श माध्यमिक विद्यालय बाट अनिरुद्ध सिंह बस्नेत र इन्सटनि पाण्डेले ४ जिपिए प्राप्त गरेका छन् । यस्तै राइजिङ स्टार बोर्डिङ स्कूल का उम्मीद थपलिया, न्यू किबो बोर्डिङ स्कूल की रोजिना चौलागाईं तथा ब्राइट फ्युचर माध्यमिक विद्यालय का रोमन श्रेष्ठ, धुनीबेसी बोर्डिङबाट इन्जिल पाठकले पनि ४ जिपिए ल्याउन सफल भएका छन् ।

नतिजाअनुसार जिल्लाका १० जना विद्यार्थीले ४.०० जिपिए प्राप्त गरेका छन् । यस्तै ३.६ देखि ४.०० भन्दा कम जिपिए ल्याउने विद्यार्थी संख्या २ सय ५५ रहेको छ । त्यसैगरी ३.२ देखि ३.६ भन्दा कम जिपिए ल्याउने ६ सय २७, २.८ देखि ३.२ भन्दा कम ल्याउने १ हजार १ सय २५, २.४ देखि २.८ भन्दा कम ल्याउने ८ सय २० तथा २.० देखि २.४ भन्दा कम जिपिए ल्याउने ७० जना विद्यार्थी रहेका छन् ।

धादिङ जिल्लाभर परीक्षामा २४ जना केन्द्राअध्यक्ष, ४३ जना सहायक केन्द्राअध्यक्ष, २ सय ७५ जना निरीक्षक, ५६ जना परीक्षा सहायक र ३ सय ६० जना सुरक्षाकर्मी र ११० जना सहयोगी कर्मचारी समेत गरी जिल्लाभर ८ सय ७५ जना मानविय जनशक्ती प्रत्यक्ष परिचालन गरिएको थियो ।
गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।
पुन:प्रकाशन अघि अनुमति लिनुहोला।
सूचना
प्रेस काउन्सिल द.नं. - ४७२१
अध्यक्ष – सन्तोष श्रेष्ठ
सम्पादक – अस्मिता कडवाल