महोत्तरी सदरमुकाम जलेश्वर स्थित पूर्वाधार बिकास कार्यालयमा वड़ा अध्यक्षहरुको
नेतृत्वमा तालाबन्दी गरिएको छ ।
कानून बिपरीत बिचौलित मार्फत बिभिन्न योजनाहरु वितरण भैरहेको भन्दै सो तालाबन्दी गरिएको हो । आन्दोलनरत वड़ा अध्यक्ष हरुले कार्यालय प्रमुखको कार्यकक्ष मा तालाबन्दी गरेको हो नीति तथा बिधिको बिपरीत भौतिक पूर्वाधार बिकास मंत्रालय मधेश प्रदेशले १० प्रतिसत कमीशन लिई उपभोक्ता समिति मार्फत निर्माणका कार्यहरु संचालन गर्न उधृत भई पूर्वाधार बिकास कार्यालय जलेश्वरका सीनियर डिभिजन इंजिनीयर राजेश लाल कर्णको हस्ताक्षर रहेको पत्र बिचौलिया मार्फत नगरपालिका ',गाउपालिका र वड़ा कार्यालयहरुमा पठाइरहेको सम्बन्धमा पूर्वाधार बिकास कार्यालय,जिल्ला प्रशासन कार्यालय मुख्यमंत्री तथा मंत्री परिसद को कार्यालय समेतमा यस्ता अनैतिक तथा अबैधानिक कार्य रोक्न भनी लिखित तथा मौखिक आग्रह गर्दा समेत नरोकिए पछि आफूहरु तालाबन्दी गर्न बाध्य भएको सोनमा गाउपालिका वड़ा न १ का वड़ा अध्यक्ष अशोक यादवले बताए ।
यता औरही नगरपालिका का पूर्व नगर प्रमुख सुनील यादवले तालाबन्दी पश्चात अर्थ मंत्रालयमा निबेदन दिइ योजना रोक्का गर्न आफूहरु मंत्रालय पुग्ने बताए ।
तालाबन्दी विषयमा जिल्ला प्रशासन कार्यालय महोत्तरीमा भएको छलफल निष्कर्ष बिहीन भएको छ ।



गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।
पुन:प्रकाशन अघि अनुमति लिनुहोला।
सूचना
प्रेस काउन्सिल नेपाल द.नं. ४७२१-२०८१/०८२
सञ्चार रजिष्ट्रार द.नं. ००२७०/२०८१/०८२
अध्यक्ष – सन्तोष श्रेष्ठ
सम्पादक – अस्मिता कडवाल