नागढुंगा–सुरुङ मार्ग निर्माणका लागि धुनिबेशी ९ का जग्गाधनीलाई ३५ दिनभित्र दाबी पेश गर्न प्रशासनको सूचना

बुधबार, बैशाख ३०, २०८३

theme

नागढुंगा–सुरुङ मार्ग निर्माण आयोजनाअन्तर्गत धादिङ जिल्लामा पर्ने जग्गा अधिग्रहण प्रक्रिया सुरु गरिएको छ ।

 

 

जिल्ला प्रशासन कार्यालय धादिङले सार्वजनिक सूचना जारी गर्दै धुनीबेँसी नगरपालिका वडा नम्बर १ अन्तर्गत पश्चिम खण्डमा पहिरो रोकथामका लागि प्रभावित क्षेत्रका जग्गाधनीहरूलाई मुआब्जा दाबी गर्न ३५ दिने म्याद जानकारी दिएको छ ।नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत सडक विभाग, विकास सहायता कार्यान्वयन महाशाखा मार्फत सञ्चालन भइरहेको नागढुंगा सुरुङ मार्ग निर्माण आयोजनाको पश्चिम खण्डमा पहिलो रोकथामका लागि मिति २०८२ चैत २४ को निर्णय अनुसार धादिङको धुनिबेशी नगरपालिका वडा नं ९ मा पर्ने निश्चित जग्गाहरू अधिग्रहण गर्न लागिएको सूचनामा उल्लेख छ ।

सूचनाअनुसार तोकिएको समयभित्र निवेदन नपरे कानुन बमोजिम प्रक्रिया अघि बढाइने प्रशासनले जनाएको छ । आयोजनाका लागि आवश्यक पर्ने जग्गा अधिग्रहण गर्न लागिएको प्रभावित जग्गाधनी तथा सरोकारवालाहरूले आफ्नो हकदाबी वा भोगचलन सम्बन्धी आवश्यक प्रमाण, निस्सा र कागजपत्र सहित जिल्ला प्रशासन कार्यालय, धादिङमा ३५ दिनभित्र आफ्नो हकदाबी पेश गर्न आग्रह गरिएको छ ।

 

 

धुनिबेशी ९ का अकल बहादुर तामाङ, सुन बिर तामाङ, गोविन्द बहादुर गुरुङ लामा, कुमार तामाङ र रविन तामाङको नाममा रहेका विभिन्न कित्ताका जग्गाहरू अधिग्रहण गरिनेछ । यस सम्बन्धमा थप जानकारी आवश्यक परे जिल्ला प्रशासन कार्यालय धादिङ वा नागढुंगा सुरुङ मार्ग निर्माण आयोजना कार्यालय, बबरमहल काठमाडौंमा सम्पर्क गर्न सकिने सूचनामा उल्लेख गरिएको छ ।

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

अनि यो पनि

  • थप पढ्नुहोस् :
  • गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।

    पुन:प्रकाशन अघि अनुमति लिनुहोला।

    गुरास मिडिया हाउस

    ओखर न्यूज डट कम

    धादिङबेशी, धादिङ

    Email: [email protected]

    फोन: ९८४१६५६५४४

    सूचना

    प्रेस काउन्सिल द.नं. - ४७२१

    अध्यक्ष – सन्तोष श्रेष्ठ

    सम्पादक – अस्मिता कडवाल