बढ्यो महँगी‚रोकियो नागढुंगा-मुग्लिन सडकको काम

बुधबार, बैशाख ३०, २०८३

theme

काठमाडौं उपत्यकालाई देशसँग जोड्ने मुख्य जीवनरेखा नागढुङ्गा–नौबिसे–मुग्लिन सडक विस्तारको काम चर्को मूल्यवृद्धि र निर्माण सामग्री चरम अभाव भएको भन्दै निर्माण कम्पनीले लगभग दुई महिनादेखि काम रोकिएको छ ।

 

 

नागढुंगादेखि मुग्लिनसम्मको ९५ किलोमिटर लामो सडक तीनवटा प्याकेजमा छुट्याएर विस्तारको काम थालिएको हो । तीनवटै प्याकेजमा पुल र ढलानका कामहरू सुस्त गतिमा भइरहेपनि अन्य काम ठप्प बनेको छ । काम भइरहेको सोप्याङ खोला र खहरे खोलाको पुल निर्माणले पनि तीव्रता पाउन सकेको छैन । अन्तर्राष्ट्रिय बजारसँगै नेपालमा पेट्रोलियम पदार्थ र निर्माण सामग्रीमा चर्को मूल्यवृद्धि र निर्माण सामग्री चरम अभाव भएको भन्दै निर्माण कम्पनीले  काम रोकेको हो ।

सडक विस्तारका लागि दैनिक २५ हजार लिटर इन्धन आवश्यक पर्ने भएपनि व्यवसायीले इन्धनमा कोटा प्रणाली लगाएर ३ देखि ६ हजार लिटर मात्र उपलब्ध गराउँदा मेसिनरी सञ्चालनमा बाधा पुगेको छ । बिटुमिनमा ७८ प्रतिशत, डिजेल ६९ प्रतिशत, डन्डी (रड) मा २५ प्रतिशत र सिमेन्टमा १७ प्रतिशत मूल्यवृद्धि भएकोले धान्नै नसकिने अवस्था भयो, कतिपय सामाग्री चर्को मूल्य तिरेर हाल्छु भन्दा पनि नपाइने अवस्था छ,सडकमा बिछ्याउने गिट्टी, ग्राभेलजस्ता सामग्री निकाल्न स्थानीय तहबाट अनेक उल्झन छन्, अनि कसरी काम गर्ने ?’ सरकारले निर्माण कम्पनीलाई परेका समस्या सहजीकरण गरिदिनुपर्ने नागढुंगा मुग्लिन सडक आयोजना पूर्वी खण्डका इन्जिनियर केशव प्रसाद ओझाले जानकारी दिनुभयो ।

 

 

पश्चिम खण्ड अन्तर्गत मलेखुदेखि मुग्लिनसम्मको ३८.८६ किलोमिटर खण्डको प्रगति ४३.९६ प्रतिशतमात्र छ,४ अर्ब ८० करोड ५९ लाख रुपैयाँमा यो खण्ड  ठेक्का लिएको हो । पूर्वी खण्ड अन्तर्गत दोस्रो खण्ड नौबिसेदेखि मलेखुसम्मको ४३.५४ किलोमिटर लामो यो खण्ड विस्तारको कुल लागत ५ अर्ब ३३ करोड १९ लाख छ,भौतिक प्रगति जम्मा ५७.१ प्रतिशत हाराहारीमा छ ,बर्खाका कारण त्यो अवधिभित्र पनि काम सक्ने अवस्था देखिएको छैन,१५ पुस २०७९ मा भएको सम्झौता अनुसार तीन वर्ष अर्थात् पुस २०८२ भित्र काम सक्नुपर्ने थियो तर तोकिएको म्याद भित्र काम नसकिए पछि ६ महिना म्याद थप (१५ असार २०८३ सम्म) गरिएको नागढुंगा–मुग्लिन सडक आयोजना पश्चिम खण्डका सूचना अधिकृत सचेन्द्र मिश्रले जानकारी दिनुभयो ।

 

 

दैनिक १२ हजार सवारीसाधन ओहोरदोहोर गर्ने यो सडक विश्व बैंकको सहुलियतपूर्ण ऋणमा विस्तार गर्न लागिएको हो । सडक विस्तारपछि राजधानी काठमाडौं सहित भागमा आवतजावत सहज हुने विश्वास छ । 

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

अनि यो पनि

  • थप पढ्नुहोस् :
  • गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।

    पुन:प्रकाशन अघि अनुमति लिनुहोला।

    गुरास मिडिया हाउस

    ओखर न्यूज डट कम

    धादिङबेशी, धादिङ

    Email: [email protected]

    फोन: ९८४१६५६५४४

    सूचना

    प्रेस काउन्सिल द.नं. - ४७२१

    अध्यक्ष – सन्तोष श्रेष्ठ

    सम्पादक – अस्मिता कडवाल