त्रिपुरासुन्दरी गाउँपालिका–१ सल्यानटारस्थित बुढीगण्डकी र नेत्रावती नदीको संगमस्थलमा रहेको धार्मिकस्थल *नृसिंहधाम*मा पुरुषोत्तम महामहोत्सव धादिङ जिल्लाकै पहिलो ऐतिहासिक नृसिंहधाम पुरुषोत्तम महामहोत्सव आजदेखि शुरु हुँदैछ ।

नृसिंहधाम पुरुषोत्तम महामहोत्सव उद्घाटन अघि बिहान ९ बजे त्रिपुरासुन्दरी गाउँपालिका वार्ड नं २, सित्तल बजार कार्यालय अगाडिबाट कलश यात्रा शुरु हुनेछ । नृसिंहधाममा पुरुषोत्तम महामहोत्सवको उद्घाटन बागमती प्रदेश सरकारका माननीय मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले उद्घाटन गर्ने कार्यक्रम छ । महायज्ञ व्यवस्थापनका लागि ५१ वटा मूल आयोजक समिति गठन गरिएको छ, जसमा संयोजक, उपसंयोजक, वरिष्ठ सदस्य, विशेष सदस्य र सदस्यहरू समावेश छन् । कोटीहोम अवधिभर श्रीमद्भागवत कथा, राम कथा, शिवमहापुराण कथा, हनुमत कथा, श्रीमददेवी भागवत कथा जस्ता दिव्य कथावाचन गरिने नृसिंहधाममा पुरुषोत्तम महामहोत्सवको मूल आयोजक समिति संयोजक फणिकान्त छत्कुलीले जानकारी दिनुभयो ।

करिब २० एक लाख भन्दा बढी भक्तजन सहभागी हुने आयोजकको दावी छ ।धार्मिक आस्थाको केन्द्रका रूपमा रहेको नृसिंहधाममा पुरुषोत्तम महिनामा चामलमाथि दियो बालेर गरिने संकल्प तथा मनोकामना पूरा हुने जनविश्वास रहँदै आएको छ ।हाल धाम क्षेत्रमा गुरूकुल भवन, प्रसादी गृह, अतिथि आवास, गौशाला लगायतका पूर्वाधार निर्माण सम्पन्न भइसकेका छन् । महिना भरि लाखौँ भक्तजनका लागि निःशुल्क भोजन प्रसादी वितरण तथा आगन्तुक पाहुनाका लागि आवास व्यवस्थापन समेत गरिएको छ । महोत्सव अवधिभर भक्तजनहरूले हवनकर्म, पुरुषोत्तम स्नान, कथा श्रवण तथा धार्मिक प्रवचनजस्ता कार्यक्रम सञ्चालन हुनेछन् । भक्तजनहरूले आफ्ना गोत्रअनुसारका कुण्डमा पितृ, सन्तति तथा व्यक्तिगत कल्याणका लागि हवन गर्न सक्ने व्यवस्था मिलाइएको प्रबक्ता कुस बहादुर सिटौलाले बताए ।

ऐतिहासिक नृसिंहधाम पुरुषोत्तम महामहोत्सव अवधिभर संकलन हुने सहयोग राशीको पारदर्शी व्यवस्थापन गर्दै शेष रकमबाट नृसिंहधाममा मन्दिरको विकासमा खर्च गरिने जानकारी पनि आयोजकले दिएको छ।
गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।
पुन:प्रकाशन अघि अनुमति लिनुहोला।
सूचना
प्रेस काउन्सिल द.नं. - ४७२१
अध्यक्ष – सन्तोष श्रेष्ठ
सम्पादक – अस्मिता कडवाल